श्रीन्यूज ओके रिपोर्टर
भैरहवा
सुप्रसिद्ध भारतिय गायिका लता मंगेशकरको आज विहान निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान उनको निधन भएको हो । उनको उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमण पछि उनलाई पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।
मंगेशकरको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले नेपाली गीतहरु पनि गाएकी छन् ।उनको पहिलो गित मराठी थियो भने पहिलो सुप्रसिद्ध गित महल फिल्मको आएगा आने वाला बोलको थियो । नेपाली गितको कुरा गदा सन् १९६६मा माईतीघर सिनेमामा गाएको जुन माटोमा मेरो बोलको गित पहिलो गित हो ।
Get real time update about this post categories directly on your device, subscribe now.