- न्यूज ओके रिपोर्टर
भैरहवा ।
बलिउडका चर्चित संगीतकार एवं गायक बप्पी लहरीको ६९ वर्षको उमेरमा बुधवार बिहान निधन भएको छ । लहरीलाई डिस्को ‘डिस्को किङ्ग’ का रुपमा चर्चित रहे । लहरीको एउटा सोख थियो । त्यो धेरै सुनका गहना लगाउने अर्थात लकेटका रुपमा । उनि धेरै सुन लगाएका कारण पनि चर्चामा आइरहन्थे । उनले सुन लगाउनु आफ्नो लागि भाग्य रहेको र सफलताको ढोकाको रुपमा लिएको धेरै अन्तरवार्ताहरुमा उनले बताउने गरेका थिए । उनि धेरै सार्बजनिक कार्यक्रमहरुमा सुन लगाएर जाने गर्दथे । उनले आफ्नो सफलतालाई सुनको गहना लगाउनुसंग समेत जोड्ने गरेका थिए । उनलाई पहिलो पटक आमाले ‘हरे राम हरे कृष्ण’ लेखेको लकेट सहितको सिक्री दिएको स्मरण अन्तरवार्ताहरुमा गर्ने गरेका उनि आमाले सुनको सिक्री लगाउँदा भाग्य उदय हुने बताएको भन्न कही नभुल्ने लहरीकोे संगीत रहेको फिल्म ’जख्मी’ सुपरहिट भएको थियो । सुनकै कारण पहिलो फिल्म सुपरहिट भएको भन्दै त्यसपछि उनको सुन प्रति मोह झनै बढ्यो । उनले जति सुनहरु लगाउँदै गए त्यति नै सफलता हात पार्दै गएको बताउन थाले ।
सन् १९७७ मा बप्पीलाई जन्मदिनको अवसरमा उनकी श्रीमती चित्रानीले ठूलो गणेशको लकेटसहितको हार उपहार दिइन् । सुन लगाएकै कारण उनले संगीत भरेका फिल्महरु ’आपकी खातिर’ र ’बम्बई से आया मेरो दोस्त’ ले बक्स अफिस तताएको उनको त्यति बेलाको भनाई थियो । गणेश अर्थात गणपतिको लकेट लगाउँदा आफ्नो जिवनमा निकै सकारात्मक परिवर्तन आएको बताउने लहरीले एक कार्यक्रमा उनको घाँटीमा लगाएको गणेशको लकेट देखेपछि माइकल ज्याक्सनले समेत प्रशंसा गरेको कथा बिभिन्न कार्यक्रममा उनले सुनाउने गरेका थिए । एक कार्यक्रममा उन्ले भनेका थिए ‘जब मैले कार्यक्रममा माइकल ज्याक्सनलाई भेटेँ उनले मेरो घाँटीमा गणेशको लकेट देखे र भने’ शानदार, यो धेरै सुन्दर छ । बप्पी प्रायः जसो जता जाँदा पनि सुनका गरगहना लगाएर जान मन पराउँथे । हरेक गहनामा भगवानको उपस्थिति हुने भएकाले गहना तौल्न मन नपार्ने लहरीको अवसानले भारतीय संगित क्षेत्रमा अपुरणिय क्षति पुगेको छ । अघिल्लो हप्ता मात्रै लतामंगेशकरलाई गुमाएको भारतीय सिने उद्योगले फेरी क्षति व्यहोरेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.