न्यूज ओेके रिपोर्टर भैरहवा
आज डिसेम्बर २१को दिन । धेरैले थाहा पाउनु भयो होला आजको दिन कति छोटो थियो । अर्थात सुर्य उदय र अस्त कति छिटो भयो भन्ने लाग्यो होला तपाईलाई । डिसेम्बर २१ लाई वर्षकै सबैभन्दा छोटो दिनको रुपमा लिने गरिन्छ । त्यस्तै आजको रातलाई सबैभन्दा लामो रातको रुपमा लिईन्छ । आज कति छिटो अध्यारो भयो भन्ने भान पनि भयो होला तपाईहरुलाई । उता २१ जुनको दिनलाई सबैभन्दा लामो दिन र सोहि दिनको रातलाई सबैभन्दा छोटो रातको रुपमा लिईन्छ । त्यसबाहेक मार्च २१ र सेप्टेम्बर २३ का दिन र रात बराबर हुन्छ । धेरैलाई थाहा हुन पनि सक्छ र नहुन पनि सक्छ । तर दिन र रात लामो छोटो हुने कारण भने सौर्यमण्डल(सोलरसिष्टम)मा पृथ्वीको अवस्थाले गर्दा हो । पृथ्वी गोलो भएपनि ध्रुवीय क्षेत्र चेप्टो परेको छ । पृथ्वीको अक्षीय झुकाव करिब साढे २३ डिग्री छ । यरकारण पृथ्वी सूर्यको वरिपरी घुम्दै गर्दा सूर्यको प्रकाश सधैँ सीधै भूमध्य रेखामा मात्र पर्दैन । यदि सूर्यको प्रकाश सधैँ भूमध्य रेखामा मात्रै पर्ने हो भने पृथ्वीमा हरेक दिन र रात बराबर हुने थियो ।
तर त्यस्तो छैन् । वर्षको सबैभन्दा छोटो दिन २१ डिसेम्बरमा सूर्यको प्रकाश सीधै साढे २३ डिग्री दक्षिणी अक्षांश रेखा अर्थात् मकर रेखामा पर्न जान्छ । त्यसैले उत्तरी गोलार्धमा दिन छोटो हुन्छ भने रात लामो हुन्छ । त्यसैले प्रत्येक बर्ष डिसेम्बर २१ का दिनलाई छोटो दिनका रुपमा लिईन्छ । जुन तपाईले आज अनुभव गर्नु भयो होला । त्यसै गरी रात कतिको लामो छ त्यो पनि अनुभुति पक्कै गर्नु हुनेछ ।
Get real time update about this post categories directly on your device, subscribe now.