पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुहरुको मुल्य बढ्दै गएको छ । दैनिक उपभोग गर्ने खाद्य वस्तुहरु तेल, चामल, केराउ, दाल, चामलको मूल्य अस्वाभाविक रुपले बढीरहेको आम उपभोक्ताहरुको भनाई छ । देशका अन्य स्थानमा जस्तै भैरहवा– बुटवल लगायत अन्य ग्रामीण बजारहरुमा पनि उपभोक्ताहरु दैनिक उपभोग्य वस्तुमा महङ्गीको मार खेपीरहेका छन् ।
प्रतिनिधी सभा विघटन, निर्वाचनको तिथी घोषणा र सत्तारुढ दलको झगडा, गुटउपगुट बढ्दै जाँदा राज्यको ध्यान त्यसतर्फ नपुग्दा दैनिक अत्यावश्यक खाद्य वस्तुहरुमा मूल्य वृद्धी भएको उपभोक्ताको बुझाई छ । चाडबाडका समयमा मात्र बजार अनुमगन हुने गर्छ । मौसमी अनुमगनका कारण बजार लथालिङ छ । मुल्य बढेको घटेको पत्तै हुँदैन स्थानिय प्रशासन, स्थानिय तह, वाणिज्य कार्यालय, उपभोक्ता संघ–सस्था । कसैलाई पनि सरोकार छैन, पुरै बेखबर जस्ता छन् । अहिले विभिन्न बहानामा मूल्य वृद्धी भइरहेछ । मूल्यवृद्धी हुँदा निम्न वर्ग र दैनिक मजदुरी गरी खानेहरु प्रभावित छन् ।
उत्पादक तथा विक्रेताले मूल्य बढाउँदा असर परिरहेको छ तर नियन्त्रणका लागि आवश्यक बजार अनुमगन हुने गरेको छैन । बजारमा खाने तेलको मूल्य प्रति लिटर २० देखि ५० सम्म बढेको छ । तेलसँगै चामल, पिठो, चिनी, निर्माण सामग्री लगायतका अन्य सामानमा पनि मूल्य बढेको छ । ठूला व्यवसायीले कच्चा पदार्थको मूल्मा वृद्धी, अन्तराष्ट्रिय बजारमा महगी बढेकोे बहाना देखाएर खानेतेलमा मनपरी मूल्य बढाउँदा त्यसको मार आम उपभोक्तालाई पर्न गएको छ । बजार अनुगमन नहँुदासम्म यो समस्या रहिरहन्छ । बजार मूल्य नियन्त्रणको मुल्य अंग भनेको अनुमगन नै हो, जबसम्म बजार अनुगमन फितलो, न्यून प्रभावकारी हुन्छ तबसम्म उपभोक्ता ठँगिन बाध्य हुनेछन् ।
धेरै व्यवसायीले कोरोनाका कारण र अन्तराष्ट्रिय बजारमा महँगो भए पछि स्वतह नेपाली बजार महँगो हुने भन्दै स्वेदशमा उत्पादन हुने दैनिक उपभोग्य वस्तुमा मुल्यवृद्धी भएको छ ।
नियामक निकाय सुस्त हँुदा बजार महँगो भएकोमा दुई मत छैन यस तर्फ सरोकार वाला निकायले समयमै ध्यान दिई के कति कारणले मुल्यवृद्धी भएको हो त्यस्को लेखाजोखा गरी अस्वाभाविक मूल्यवृद्धी नियन्त्रण गर्नु पर्दछ । साथै चाडपर्व र दशैं तिहारमा मात्र हुने बजार अनुगमनलाई नियमित गर्न जरुरी छ ।
Get real time update about this post categories directly on your device, subscribe now.