प्रत्येक वर्षको फेब्रुअरी ४ तारिखका दिनलाई विश्व क्यान्सर दिवसका रुपमा मनाइने गरिन्छ । क्यान्सर रोग न्यूनिकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम, यसको उपचार विधि साथै उपचारमा विकसित भएका नयाँ–नयाँ प्रविधि तरिका र क्यान्सर रोगलाई रोकथाम गर्न कसरी अघि बढ्ने भन्ने विषय साथै आफुले जानको सिकेका कुराहरु आदान–प्रदान गरि यो दिवस मनाइने गरिन्छ ।
प्रत्येक वर्ष क्यान्सर दिवस मनाउन नयाँ नारा तय भएको हुन्छ र यो वर्षको नारा ‘आईएम एण्ड आईविल’ अर्थात ‘म सक्छु र म गर्नेछु’ रहेको छ । नारा अनुसार क्यान्सर रोग न्यूनिकरणका लागि आफुले केही गर्न सक्ने कुरा नारा अनुसार प्रष्ट छ । नारा अनुसार जनचेतना लगायगका माध्ममबाट न्यूनिकरणका लागि होस् या उपचार विधि थाहा नभएर वा समस्यामा परेर उपचारमा जान सकेकाहरुलाई केही गर्न सके पनि सहयोग हुन्छ, पैसा नै ठूलो कुरा होइन, न्यूनिकरणका लागि जनचेतना प्रदान गर्नु र बिरामीहरुलाई उपचार विधि लगायत अन्य कुराको जानकारी पनि दिएर उनिहरुमा आत्मविश्वास, हिम्मत र हौसला प्रदान गर्न सकिन्छ भन्ने पनि ठूलो कुरा हो र यो काम म गर्न सक्छु र म गर्नेछु अर्थात आईएम एन्ड आई विल ले दिएको अर्थ पनि यही हो । आफ्नो दैनिकी खानपान, व्यवहार पनि हामीले परिवर्तन गर्न सक्छौं र गर्दछौं यसले हामीलाई यो रोगलाग्नबाट मद्धत गर्न सक्छ । खानपान, विलाशी जीवनका कारण पनि यो रोग धेरै लाग्ने गरेको छ ।
अहिले क्यान्सरको उपचारको क्षेत्रमा समयसँगै नयाँ प्रविधि आइरहेका हुन्छन् । केही दशक अघि उपचार नै नहुने भनिएको क्यान्सर भएको बेलामै पत्ता लागे निको हुन थालेको छ ।
यसैले आगामी समयमा अझ नयाँ प्रविधि, नयाँ औषधि आउनेछन् र क्यान्सरको उपचार झनै सरल बन्नेछ भनेर विश्वास गर्न सकिन्छ । हाम्रो देशमा पनि क्यान्सर अस्पतालहरु छन् र अन्य अस्पतालहरुमा पनि अहिले क्यान्सर रोगको उपचार हुन्छ ।
केही क्यान्सर वंशाणुगत हुन्छ भने फोक्सो, मुख आदिमा हुने क्यान्सरको धेरैजसो कारण चुरोट र खैनी हो । क्यान्सर गराउने अन्य जोखिमहरूमा मोटो शरीर, प्रदुषित वातावरण, खानामा प्रयोग हुने केमिकल र किटनाशक लगायत पर्छन् । त्यसैले आफ्नो दैनिक खानपान व्यवहारमा सुधार आवश्यक छ । यो हामी आफैले गर्ने कुरा हो र यो हामी सक्छौं र गर्दछौं पनि ।
नेपालमा क्यान्सरको शल्यक्रिया धेरैवटा अस्पतालमा हुन्छन् र किमोथेरापी पनि धेरै अस्पतालमा गर्न मिल्छ । विश्वमा क्यान्सर उपचारमा पछिल्लो समय निकै प्रगति भएको भनेको रेडियोथेरापी हो । पहिलो र दोस्रो चरणमै रोगको पहिचान भए उपचार सम्भव हुन्छ । तर, धेरै मानिस क्यान्सर तेस्रो वा अन्तिम चरणमा पुगेपछि मात्र अस्पताल पुग्ने गरेका छन् । नेपालमा वार्षिक ५० हजारको हाराहारीमा क्यान्सर बिरामी बढी रहेको तथ्याङ्क छ । त्यसैले क्यान्सर रोगको बारेमा जनचेतना फैलाउने, आफ्नो दैनिक खानपान, विलाशिता खाद्यवस्तु, चिल्लो, धुम्रपान, मध्यपान, मदिरा सेवन जस्ता कुलतबाट टाढै रहे यो रोगलाई न्यूनिकरण गर्न सकिन्छ र न्यूनिकरणका लागि ‘म सक्छु र म गर्नेछु’ भनेर आझैबाट लाग्नु पर्ने देखिन्छ ।
Get real time update about this post categories directly on your device, subscribe now.