रुपन्देहीका सबै स्थानिय तहमा भन्दा मायादेवी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको पाइएको छ । गाउँपालिकाका जनताहरुलाई समान्य बिरामी भए शहर धाउनु पर्ने बाध्यताको अन्त्यका लागि प्रत्येक वार्डमा स्वास्थ्य सस्था सञ्चालनमा ल्याएको छ । आफ्नो प्रत्येक वार्डमा स्वासथ्य सेवा केन्द्र सञ्चालन गर्नेमा रुपन्देहीका स्थानियतहमा मायादेवी पहिलो हो ।
गाउँपालिकाको सबै वार्डहरुमा स्वास्थ्य केन्द्र सञ्चालनमा आए पछि सर्बसाधारणलाई सामान्य स्वास्थ्य सेवाका लागि शहर धाउनु पर्ने बाध्यता हटेको छ । सामान्य स्वास्थ्य सेवा सहज बनाउनु एकदम राम्रो काम हो र यसका लागि गाउँपालिका टिमलाई बधाई दिनु पर्छ ।
सरकारको नीति अनुसार नगरपालिकाहरुले स्थापना गर्न नसकेको एउटा गाउँपालिकाले सम्पन्न गर्नु उदाहरणीय काम हो । यस्तो अनुसरण अरुले पनि गर्नु पर्छ । सबै स्वास्थ्य सेवा केन्द्रबाट दैनिक बिरामी परिक्षण र उपचार, निःशुल्क औषधी उपलब्ध, पोषण सेवा, परिवार नियोजन सेवा, मातृत्व सेवा साथै क्षयरोग, कुष्ठरोग र औलोको परिक्षण तथा उपचार सेवा उपलब्ध हुने गरेको गाउँपालिकाको स्वास्थय शाखाले जनाएको छ ।
प्रत्येक वार्डमा स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने मात्र नभई गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको छ । दुई साता अघि मात्रै देशभरीकै स्थानिय तहहरुमा संभवत पहिलो बातानुकुलित खोपकेन्द्र समेत सञ्चालनमा ल्याइसकेको छ । यस्ता कामले सेवाग्राहीलाई थप सजिलो हुन्छ । स्थानिय सरकारले स्वास्थ्यको मात्र नभई क्षेत्रमा पनि यस्तै गरी काम गरे जनताको वाहवाही पाउन सक्छन् ।
कार्यालयले कुष्ठरोगी खोजि अभियान, क्षयरोगी घटाउने प्रयास, युवतीहरुको रक्त अल्पता समस्या कम गर्न सचेतना कार्यक्रम सहित आइरन चक्की वितरण, पोषण लगायत दर्जनौ कार्यक्रम गरिरहेको छ । मायादेवी गाउँपालिकाको कम्हरियामा २४ घन्टे प्रसुती सेवा केन्द्र समेत सञ्चालनमा छ भने गाउँपालिका अन्तरगत २ वटा ल्याब र बिरामीहरुलाई अस्पताल वा स्वास्थ्य केन्द्रमा पु¥याउन १ एम्बुलेन्स समेत सञ्चालनमा रहेको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखा अन्तरगत ३४ जना स्वास्थ्यकर्मी स्वास्थ्य केन्द्र, आधारभुत स्वास्थ्य सेवा केन्द्र, २४ घन्टे प्रसुती सेवा केन्द्र, ल्याबमा कार्यरत छन् भने ८३ जना स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । मायाँदेवी गाउँपालिका सिद्धार्थनगर नगरपालिकासँग सिमाजोडिएको पालिका भएता पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा पछाडी देखिन्छ । तर गाउँपालिकाले विस्तारै आफुलाई उकास्ने प्रयास गर्दै आएको छ । गाउँपालिकाको स्वास्थय शाखाले योजनावद्ध ढंगले कामगरेकाले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय नतिजा आएको हो र यस्मा स्वास्थ्य शाखा टिम बधाईका पात्र छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.