अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना भएको तिन दशक भइसकेको छ । भ्रष्टाचारलाई सामाजिक, आर्थिक विकासको प्रमुख वाधकको रुपमा स्विकार गरी न्यूनीकरण र नियन्त्रण गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना भएको हो । विधिको शासन, सदाचार पद्धतिको विकास, प्रशासनिक निर्णय परिपाटीमा सुधार तथा सार्वजनिक निकायका कामकारवाहीमा पारदर्शिता र जवाफदेहीता सुशासनका न्यूनतम आधारलाई मान्दै गुणस्तरिय र प्रभावकारी कार्य सम्पादन गर्नु प्रमुख दायित्व हो आयोगको । भ्रष्टाचारको कारण देशमा धेरै समस्या छन् ।
साना कार्यालयदेखि ठूला कार्यालयसम्म यसको जालो देखिएको छ । त्यसैले सानासाना कार्यालयमा पनि अख्तियारले समात्यो भन्ने सुनिन्छ र तत्कालै प्रतिक्रिया आउछ सर्बसाधारणको अख्तियारले समात्ने सानो माछा न हो ठूलो माछा समात्न सक्नु प¥यो नि भन्ने । यस किसिमको धारणा नआओस् भन्ने वातावरण अख्तियार अनुसन्धान आयोगले बनाउनु पर्छ, सर्वसाधारणका हरेक भनाईलाई शिक्षाको रुपमा ग्रहण गर्न सक्नु पर्छ । सञ्चार माध्यममा समाचार आएका र सामाजिक सञ्जालमा फोटा र टिप्पडी देखिएपछि सक्रिय भयो अख्तियार भन्ने सुन्नु भन्दा पनि यहाँ गलत भएको थियो, अख्तियारले छानबिन सुरु गरेछ भन्ने दिन कहिले आउला भन्न थालेका छन् आम सर्वसाधारण । त्यसैले सर्वसाधारणलाई अनुभूति हुने खालको काम आयोगले गर्नु पर्याे।
प्रसंग भैरहवा लुम्बिनी बाटोको । निर्माण सम्पन्न भएर हस्तान्तरण नहुँदै बाटो बिग्रियो भन्ने समाचार प्रकाशित भए, सामाजिक सञ्जालमा फोटोहरु आए एक दुई महिनादेखि । अख्तियारको आँखा बल्ल पुग्यो, धेरैको भनाई छ । जसरी यो बाटोमा ढिलो भए पनि अख्तियार पुग्यो, त्यसै गरी लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेको बेलहिया–बुटवल सडक खण्ड, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी सडक खण्डमा अलपत्र रहेको बेथरीको तिनाउ पुल र सुण्डीको दानव नदिको पुल जुन बन्दा बन्दै त्यसै छाडिएको छ, त्यतिनै बेला अख्तियारले नजर लाएको भए सायद समयमै सम्पन्न हुन्थ्योकी ।
यस्ता जनसरोकारका निर्माणका काममा पनि लुकेका भ्रष्टाचार धेरै नै छन्, त्यसैले यस तर्फ पनि ध्यान दिए अझ राम्रो हुने सर्बसाधारणको बुझाई छ । भ्रष्टाचारको संजाल दिनानुदिन विस्तार हुनुको साथै यसले संस्थागत रुप लिँदै गएको कारण कयौं नागरिकहरु शिक्षा, स्वास्थ्य, खानेपानी, खाद्यान्न आदि जस्ता आधारभूत वस्तुहरु सहज र सरल रुपमा उपभोग गर्नबाट बन्चित भइरहेका छन् । भ्रष्टाचारले सिमित वर्ग विशेषको स्वार्थ मात्र पुरा गर्ने तर आम सर्वसाधारण यसबाट प्रताडित् हुुनपर्ने तितो यथार्थ रहेको छ । गैरकानूनी र अनियमित तवरले आर्थिक लाभ प्राप्त गर्ने प्रवृत्तिको अन्त्य गरी नागरिक सेवाप्रति समर्पित भई प्रत्याभुति हुने किसीमको काम सम्पादन गर्नु आवश्यक्ता हो ।
Get real time update about this post categories directly on your device, subscribe now.