विश्वमा मृगौला रोगका बिरामीहरु बढीरहेका छन् । मृगौलाले काम गर्न छाडेको धेरै पछि गएर मात्र थाहा हुने भएकाले पनि यो रोग लागेको छ भनेर सुरुमा थाहा नै हुदैन । अर्थात यो रोगको कुनै लक्षण नै हुदैन् । मृगौला बिग्रिसके पछि मात्र थाहा हुन्छ । हामीहरु थाहै नपाई मृगौला रोगको सिकार बन्न सकिन्छ । मृगौलाले काम गर्न छाडेपछि मात्रै यो रोग लागेको थाहा हुन्छ । यसैले मृगौला कस्तो छ भनेर समय समयमा परिक्षण गराइरहनु पर्छ । मृर्गौला जोगाउन व्यक्ति आफै सचेत हुनुपर्छ । समय समयमा उपचार केन्द्र वा अस्पतालमा गएर चिनी रोग, प्रेसर, पिसाब परिक्षण गर्नु पर्छ र वर्षमा कम्तिमा पनि एकपटक मृगौलाको परिक्षण गरी बस्नु पर्छ ।
मृगौला रोग देखि हाले पनि आत्ति हाल्नु पर्दैन । थाहा हुने बित्तिकै उपचारमा लागि हाल्नु पर्छ, ढिलो गर्नु हुन्न । मृगौलाको अवस्था कुन छ, यदी अन्तिम तिर रहेको छ भने डाईलासिस वा प्रत्यारोपण नै गर्नुपर्छ । नत्र जिवन जाने संभावना अधिक हुन्छ । त्यसैले सबैभन्दा राम्रो उपाय भनेको रोग लाग्न नदिनु हो र त्यस्का लागी हामी नियमित रुपमा परिक्षणमा रहनु पर्दछ । मृगौला रोग लागि हाल धेरै महँगो छ । प्रत्यारोपण गरे जीवनभरी मासिक कम्तिमा २० हजार रुपैयाँको औषधि खर्च लाग्छ । त्यसैले पनि यो रोगले कसैलाई पनि दुख नदेओस् ।
प्रत्यारोपण पछि जीवन सामान्य त बन्छ तर जीवन भर औषधि खानु पर्ने बाध्यता रहन्छ तर जीवन आम मानिसकै सरह हुन्छ । त्यसैले प्रत्यारोपण गरेकाहरुका लागि राज्यले औषधि किन्न मासिक यती रुपैयाँ होइन औषधिनै दिने व्यवस्था मिलाउन सके आर्थिक अबस्था कमजोर रहेकाहरुलाई धेरै फाइदा हुन्छ । सरकारले जसरी निःशुल्क डाइलासिस, सरकारी अस्पतालमा प्रत्यारोपण गरे ५ लाख रुपैयाँ उपचारमा सहयोग गर्दै आएको छ यो सरकारको एकदम सरहनीय कार्य हो । अब प्रत्यारोपण गरेका बिरामीहरुका लागि निःशुल्क औषधि दिने व्यवस्था गरे उनिहरुको जीवन धेरै सहज हुनेछ । उनिहरुको परीवारलाई आर्थिक भार कम हुनेछ । सरकारले यसतर्फ ध्यान देओस् । सर्बसाधारणको स्वास्थ्य प्रति राज्य गंभिर हुने पर्छ । जनताले खोजेको पनि यस्तै हो ।
Get real time update about this post categories directly on your device, subscribe now.