सम्पादकीय
वर्ष २०८१ हामी माझबाट बिदा भएको छ । नयाँ वर्ष २०८२ को स्वागत भएको छ । २०८१ सालमा देशलाई उपलब्धीमूलक कुनै पनि कुरा दिन सकेन् । तीन तहका सरकारले राम्रो काम गरेर सन्देश प्रवाह गर्न सकेनन् । देश भित्र कृयाशिल रहेका राजनैतिक दलहरूबीच सहमति बनेर देशले निकाश पाउने अपेक्षा सबैको थियो । तर, त्यसो हुन सकेन् । दुई ठुला दल नेपाली कांगे्रेर र एमाले सहितको बहुमतको गठबन्धन सरकारबाट जनताले धेरै अपेक्षा गरेका थिए तर प्रतिफल राम्रो आएन ।
देशमा राजनितिक घटनाक्रम उतारचढाव मात्रै नभएर असोजमा ठुलो प्राकृतिक बिपद समेत आउदा ठुलो जनधनको क्षेती भयो । विदेशी लगानी भने अनुसार भएन भने आर्थिक सूचांकहरू निराशाजनक रहे । समग्रमा भन्ने हो भने वर्ष २०८१ ले देशलाई पीडा बाहेक केही दिन सकेन् । राम्रो काम गर्दै आएका कुलमान घिसिङलाई पदमुक्त गरयो सरकारले । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेलाई प्रतिशोध साधेको आरोप ठुला दल माथि लागेको छ । जनतामा निराशा बढदै गएको छ र सरकारप्रति बितृष्णा जागेको छ जनताको ।
पीडाकाबीच बिक्रम सम्ब २०८१ को बिदाई भएको छ र नयाँ वर्ष २०८२ ले सबैलाई खुसी तुल्याउने अपेक्षा लिइएको छ । राजनैतिकदलहरू बिच सहमति जुटेर देशले आर्थिक समृद्धिको सपना साकार पार्ने अपेक्षा सबैको छ । मुख्य कुरा राजनैतिकदलहरू सहमतीमा आउन सकेर देशले एउटा ट्रयाक लियो भने २०८२ समृद्धिको प्रारम्भ हुने अपेक्षा गर्न सकिन्छ । त्यसैले पनि सबैले अब मेरो भन्दा पनि हाम्रो भन्ने भावनालाई अंगिकार गरी अघि बढ्नु पर्ने बेला आएको छ ।
बर्ष २०८२ मा सबै राजनैतिक दलहरू बिच सहमती बनेर देशले समृद्धिको खाका कोर्न सुरू गर्नु पर्छ भन्ने सबैको चाहना र ईच्छा छ । सबैको चाहना, ईच्छा पुरा होस् नयाँ बर्ष २०८२ को मंगलमय शुभकामना ।
Get real time update about this post categories directly on your device, subscribe now.