• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, May 13, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

प्रेस स्वतन्त्रताको सम्मान गर

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
११ बैशाख २०८२, बिहीबार १५:३३
1 min read
5 0
5
SHARES
9
VIEWS

प्रत्येक वर्ष ३ मईलाई अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ। प्रेस स्वतन्त्रता दिवस आउन केही दिन बाकी रहँदा रूपन्देहीमा क्रियाशील सञ्चारकर्मी माथि अवैध कारोबारी (तस्करी) गर्दै आएका समुहले आक्रमण प्रयास गरेका छन् ।सो घटनाको पत्रकार सम्बद्ध संघसस्था, राष्ट्रिय मानव अधिकार आयोग लगायत बिभिन्न सङ्घसंस्थाले भत्र्सना गर्दै दोषी उपर कडा कारबाहीको माग गरेका छन् ।

घटना अनुसार वैशाख ८ गते सोमबार भैरहवाबाट सङ्घीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको समाचार सङ्कलनका लागि मर्चवार जाने क्रममा मायादेवी गाउँपालिका स्थित मकरीमा लुम्बिनी प्रेस क्लबका सदस्य एवं एपीवान टिभीको लुम्बिनी प्रदेश प्रमुख पत्रकार राधेश्याम विश्वकर्मामाथि आफूलाई दीपेश यादव बताउने तस्करहरूको समूहले घेरा हाली दुव्र्यवहारसँगै भौतिक आक्रमणको प्रयास गरेको थियो ।

समाचार सङ्कलन गर्न जाने क्रममा भैरहवा–मर्चवार सडकको मूल खण्डमा खुलेयाम लाइन लागेर विभिन्न सवारीमा भइरहेको तस्करीको दृश्य देखेपछि पत्रकार विश्वकर्माले भिडियो खिच्ने क्रममा तस्करहरूको समूहले आक्रमण प्रयास गरेको थियो ।

दीपेश यादव नेतृत्वको सात–आठ जना तस्करहरूको समूहले पत्रकार विश्वकर्माको झोला खानतलासी गर्नुका साथै क्यामेरा, मिडिया हाउसको परिचयपत्र र मोटरसाइकलको चाबी खोसी केही समय घेरा हाली बन्धक बनाएका थिए । त्यस्तै पत्रकार विश्वकर्माले तस्करी भइरहेको दृश्य क्यामेरामा कैद गरेकोमा प्रहरी अगाडि जबरजस्ती उक्त भिडियो उक्त समूहले डिलिट गराएका थिए ।

केही समय बन्धक बनाएपछि भिडियो डिलिट गराएर तस्करहरूले क्यामेरा, परिचयपत्र र मोटरसाइकलको चाबी खोसी केही समय घेरा हालेर बन्धक बनाएका थिए । केही समय बन्धक बनाएपछि भिडियो डिलिट गराएर तस्करहरूले क्यामेरा र परिचयपत्र फिर्ता गरेका थिए । तस्करहरूले क्यामेरा खोस्ने क्रममा पत्रकार विश्वकर्माको क्यामेरा समेत टुटफुट भएको थियो ।

उता आक्रमणको प्रयास गर्ने यादवलाई प्रहरीले नियन्त्रणमा लिएर पनि फरार गराएको भन्ने आरोप रुपन्देही प्रहरी माथि लागेको छ । लुम्बिनी प्रेस क्लव, पत्रकार महासङ्घ रूपन्देही लगायतका सङ्घसंस्थाले रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाउदै दोषीलाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । उनीहरूले पत्रकारलाई स्वतन्त्रतापूर्वक लेख्न दिने वातावरण सृजना गर्न प्रशासन माग समेत गरेका छन् ।

पछिल्ला समय सञ्चारकर्मी माथि यस्ता घटना दोहोरिन थाल्दा पत्रकार आतङ्कित भएका छन्। उनीहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्न सबैमा आग्रह गर्दै आएका छन् । स्वतन्त्रता र पत्रकारितालाई सुरक्षित राख्न सकेको खण्डमा मात्र द्वन्द्व समाधान र शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियामा प्रेसले जिम्मेवारी निर्वाह गर्न सक्छ।
(न्यूज ओके साप्ताहिकको २०८२ बैशाख११ गते बिहीबारको अंकमा प्रकाशित सम्पादकीय)

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

सम्पादकीय

वर्ष २०८२मा आर्थिक समृद्धिको प्रारम्भ होस

सम्पादकीय

लुम्बिनीमा आध्यात्म

सम्पादकीय

ऋषि पञ्चमी पर्वको शुभकामना

सम्पादकीय

लुम्बिनी अस्पतालको टेण्डर घोटाला, चलखेल गर्नेलाई कारबाही गर

सम्पादकीय

मृगौला रोग र उपचार

सम्पादकीय

निर्वाचनको तरङ्ग

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?