• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Monday, May 12, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

सङ्घीयताको उत्कृष्ट अभ्यासमा तिलोत्तमा

Shree News Ok by Shree News Ok
२७ पुष २०७७, सोमबार १५:०६
1 min read
282 3
274
SHARES
537
VIEWS

मुलुकमा स्थानीय तहको अभ्यास सुरु भएपछि सबैभन्दा बढी चर्चामा रहेको नगरपालिका हो, तिलोत्तमा । स्थानीय सरकारको असल अभ्यासका रूपमा मुलुकका पूर्वप्रशासक तथा अर्थशास्त्रीहरूबाट प्रशंशा पाएको तिलोत्तमालाई अति महत्वाकांक्षी नगरपालिकाको रूपमा पनि चिन्ने गरिन्छ । स्थानीय तहको कानुन आफैं निर्माण गर्ने सन्दर्भमा होस वा आर्थिक समृद्धिका लागि लगानी सम्मेलनको आयोजना गर्ने पहिलो स्थानीय तहका रूपमा रूपन्देहीको तिलोत्तमाकै नाम अगाडि आउँछ ।

लुम्बिनी प्रदेशका ठूला बजार बुटवल र भैरहवालाई जोड्ने तिलोत्तमा रूपन्देही जिल्लाका साविक सात गाविस (शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, टिकुलीगढ, माधवलिया र गंगोलिया) मिलेर गठन भएको हो । २०७१ वैशाख २५ मा स्थापना भएको तिलोत्तमा रूपन्देही जिल्लाको मध्यभागमा अवस्थित यो नगरपालिका रूपन्देही जिल्लाको बीच भएर बग्ने नदीको नामबाट नामाकरण गरिएको हो ।
तिलोत्तमा नगरपालिका समुद्र सतहदेखि १६० देखि १७५ मिटरसम्म उचाइमा अवस्थित छ । पूर्वमा रोहीणी नदी र देवदह नगरपालिका, पश्चिममा तिनाउ नदी, सियारी र शुद्धोधन गाँउपालिका, उत्तरी सीमामा बुटवल उपमहानगरपालिका र दक्षिणमा ओमसतिया गाँउपालिका सीमानामा रहेको छ । नगरपालिका स्थापना र स्थानीयतहको निर्वाचन सम्पन्न भएपछि जनप्रतिनिधिले केही गर्व गर्नलायक काम गरेका छन् ।जसले गर्दा जिल्लाका अन्य स्थानीय तहले पनि स्थानीय तह भनेको तिलोत्तमा जस्तो हुनुपर्छ भन्ने गरेका छन् । यहाँसम्म कि बुटवल, तिलोत्तमा र सिद्धार्थनगर गाभेर महानगरपालिका बनाउने र त्यसको नेतृत्व तिलोत्तमाका मेयर वासुदेव घिमिरेलाई दिइनुपर्ने आवाज पनि उठ्न थालेको छ ।

तिलोत्तमा नगरपालिका स्थानीय कानुन निर्माण गर्ने मुलुकको पहिलो स्थानीय तह हो । यहाँ हालसम्म विभिन्न प्रकारका ८१ वटा ऐन, कानुन, नीति, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड जारी भएका छन्। तिलोत्तमा नेपालकै पहिलो पूर्ण सरसफाई उन्मुख तथा शून्य खुला पोलोथिन नगर घोषणा भएको तह पनि हो ।

प्रदेशः लुम्बिनी
जिल्लाः रूपन्देही
स्थानीय तहः तिलोत्तमा नगरपालिका
वडा संख्याः १७
मेयरः बासुदेव घिमिरे
उपमेयरः जागेश्वरी चौधरी
प्रमुख प्रशासकीय अधिकृतः प्रदिप पौडेल
क्षेत्रफलः १२४.८ वर्ग किमि
जनसंख्याः १ लाख १४९
बजेटः १ खर्ब ८९ करोड

स्थानीयको सहयोगकै कारण मुलुकका अन्य स्थानीय तहहरूले पनि प्रशंशा गरेको र गर्व गर्न लायक काम गर्नसकेको नगर प्रमुख घिमिरे बताउँछन् । तिलोत्तमाले ‘समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर सहर सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ भन्ने दीर्घकालीन सोंचका साथ ५ वर्षको आवधिक योजना र १५ वर्षको रणनीतिक योजना निर्माण गरिसकेको छ भने काठमाडौंबाहिर पहिलो पटक तिलोत्तमा नगरपालिकाले सफलतापूर्वक लगानी सम्मेलन गरेको छ । लगानी सम्मेलनमा जनाइएको प्रतिबद्धताअनुसार सरकारीस्तरमार्फत दुग्ध प्रशोधन केन्द्र निर्माण, कोल्डस्टोर निर्माणलगायतका विभिन्न परियोजना अघि बढेका छन् ।

नगरपालिकाले मुख्य प्राथमिकता दिएको क्षेत्र शिक्षा हो । सामुदायिक विद्यालयका बालविकास केन्द्र र कक्षा १ देखि ५ सम्मका लक्षित वर्गका २५ सय ६७ विद्यार्थीलाई हरेक दिन २५ रूपैंयाँ बराबरको दिवा खाजाको व्यवस्था गरेको छ भने जंकफुड निरुत्साहित गरी घरमैं बनेका स्वास्थ्यबद्र्धक खाजा प्रयोगलाई प्रोत्साहन गर्न कक्षा १ देखि ५ सम्मका सबै बालबालिकाहरूलाई टिफिनक्यारी ९(खाजा राख्ने बक्सा)प्रदान गरेको छ ।
सबै सामुदायिक विद्यालयहरूमा एकै प्रकारको रंगरोगनको प्रयोग, मावि तह सञ्चालन रहेका २० वटा सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी जडान, दरबन्दी कम रहेका विद्यालयमा नगरपालिकाको शिक्षक अनुदान कोटामा १४ जना शिक्षक नियुक्त गरेको छ । बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरूलाई नगरपालिकाबाट मासिक तीन हजार रूपैंयाँ प्रोत्साहन भत्ता थप साथै नगर प्रमुख छात्रवृत्ति कोषबाट हरेक वर्ष सबै सामुदायिक विद्यालयका १।१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याडको व्यवस्था, यातायात सञ्चालनका लागि १० विद्यालयहरूलाई १०।१० लाख अनुदान प्रदान नगरपालिकाले गरेको छ भने साना बालबालिकालाई बिद्यालयमा आकर्षित गर्न कम्तिमा ३२ इञ्चको टिभीसहित सबै विद्यालयमा बाल विकास कक्षा व्यवस्थापन गरेको छ । स्थानीय पाठ्यक्रम कार्यान्वयन, तिलोत्तमा सिटी कलेज स्थापना गर्न भवन निर्माण, संघीय सरकारको सहयोगमा १२ विद्यालयमा विद्यालय नर्स नियुक्त, लगायतका कार्यक्रम सुरु भइसकेको छ ।

स्वास्थ्य क्षेत्रमा हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने योजनाका साथ हालसम्म १५ वडामा सरकारी स्वास्थ्य संस्था सञ्चालन गरिसकेको छ । आनन्दवन स्वास्थ्य चौकीलाई अस्पतालको रूपमा विकास गर्न अस्पताल भवन शिलन्यास गरिसकेको र बीपी ग्राममा सामुदायिक अस्पताल बनाउन भवन शिलान्यासका साथै वडा नं १ र ८ को २०० बिघा क्षेत्रफलमा संघीय सरकारको नीतिअनुसार सरकारी शिक्षण अस्पताल बनाउन आवश्यक कार्य सुरु भइसकेको छ । गर्भवती महिलालाई नगरपालिकाको स्रोतबाट निःशुलल्क क्याल्सियम चक्की वितरण गरिएको छ । गर्भवतीहरू हरेक पटक स्वास्थ्य परीक्षण गराउन जाँदा उपहार प्रदान गर्नेगरी गर्भवतीसँग उपमेयर कार्यक्रम कार्यान्वयन लगायतका कार्यक्रम सुरु छन् ।

बीउबिजन÷कृषि औजारमा अनुदानलाई साना किसानको पहुँचमा पुरयाउन दुग्ध उत्पादक किसानलाई प्रतिलिटर दूधमा १ रूपैंयाँ अनुदानको व्यवस्था र किसानले वर्षभरी जति लिटर दुध सहकारीमार्फत बेच्छन्, सोहीअनुसार अनुदान प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । भारतबाट आयातित फूल र मालाको प्रयोगलाई निषेध गरी स्थानीयस्तरमा पुष्पखेती प्रवद्र्धन गर्न नगरका पुष्प व्यवसायी किसानलाई पुष्पखेतीमा अनुदान दिएको छ भने नगरपालिकाभित्रका कार्यक्रममा खादा प्रयोगमा रोक लगाइएको छ ।

पशुपालक किसानले व्यहोर्नुपर्ने बिमा शुल्कमा ५० प्रतिशत अनुदान जस्ता कार्यक्रम सुरु छ्न् भने वातावरणतर्फ ‘ग्रीन तिलोत्तमाः क्लिन तिलोत्तमा’ नाराका साथ नगरपालिकाले वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनका विभिन्न प्रवद्र्धनात्मक काम तथा अभियान सञ्चालन गरेको छ । हरेक महिनाको १ र १५ गते नगरस्तरीय नियमित सरसफाई अभियान सञ्चालन सुरु छ भने टोल विकास संस्थामार्फत समुदायमा आधारित नियमित सरसफाई कार्यक्रम निरन्तर छ । नगरलाई नेपालकैं पहिलो पूर्णसरसफाई उन्मुख नगर घोषणा गरिसकेको छ ।

नगरमा उद्यमशीलताको विकासका लागि विभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गरिएको छ । युवामा स्वरोजगारीको सिर्जना गर्न नेपाल बैंक लिमिटेडसँग सम्झौता गरी लघुकर्जा प्रवाह गरेको छ । साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्न वडा नं १० मा तिलोत्तमा औद्योगिक ग्राम निर्माण सुरु गरेको छ ।

नगर प्रमुख दायित्व युवा उद्यमी परिचालन कोष स्थापना गरी युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम संचालन गरेको छ । युवाको साहस, सिर्जनशीलता, आत्मविश्वास, उद्यमशीलताको उच्च मूल्यांकन गर्दै शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील युवा शक्तिलाई नगरको मानवीय पुँजीको रूपमा स्वीकार गर्दै नगरको समग्र विकासमा परिचालन गर्नेगरी स्वयंसेवक परिचालन गर्ने व्यवस्था मिलाएको छ ।
सीपमूलक तालिमलाई रोजगारी र स्वरोजगारी सिर्जनामा टेवा पुग्ने गरी श्रोतलाई प्रभावकारी रूपमा परिचालन गरेको छ ।

प्रवद्र्धनात्मक अभियान तथा कार्यक्रमहरूमा जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरवासीलाई गरिएको आह्वानले हरियाली प्रवद्र्धनमा टेवा पुगेको , सार्वजनिक महत्वका कार्यक्रममा भारतीय फूल तथा खादा–ब्याज निषेध गरिएसँगै नगरमा पुष्पखेती फष्टाउँदै गएको उपमेयर जागेश्वरी चौधरीको भनाई छ ।

सार्वजनिक महत्वका कार्यक्रमहरू तोकिएकैं समयमा सुरु गर्नुपर्ने निर्देशिकाले नगरबासीमा समयको महत्वलाई बुझाएको छ । नौला किसिमका कार्यक्रम र योजनाले तिलोत्तमा नगरपालिका नमुना बन्दै गएको उपमेयर चौधरीको बुझाई छ ।

प्रमुख प्रशासनिक कार्यालय परिसरमैं बैंकको काउन्टर स्थापना गरी नगरपालिका कार्यालयलाई क्यासलेस बनाइएको छ भने ठूला विकासे योजनाका लागि प्रदेश सरकार, संघीय सरकार, अन्तर्राष्ट्रिय विकास साझेदारसँग सहयोग माग गरिएको जनाइएको छ । नगरको पहिचानलाई उजागर गर्न आफ्नै नगर गीत र लोगो निर्माण गरिएको लगायत धेरै उदाहरणीय काम यो नगरले गरेको छ ।

  • न्यूज ओके डेस्क
Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

संघ र प्रदेशको अनुदान कटौतीले स्थानीय तह प्रभावित

अर्थहवा

सिद्धार्थनगर (भैरहवा) मा वित्तिय संकट

शिक्षा/ स्वास्थ्य

सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर

शिक्षा/ स्वास्थ्य

भैरहवामा आजबाट कुकुरहरुको बन्ध्याकरण (परिवार नियोजन) हुदै

खेलकुद

भैरहवामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

समाचार

ओमसतिया गाउँपालिकाको हिउँदे अधिवेशन सुरु

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?