न्यूज ओके रिपोर्टर
भैरहवा ।
मायादेवी गाउँपालिकामा राष्ट्रिय भिटामिन ए खुवाउने कार्यक्रमको सवै तयारी पुरा भएको छ । मंसिर महिनाको ११ र १२ गते २ दिन सम्म ६ महिना देखि ५९ महिना सम्मका वालवालिकालाई भिटामिन ए संगै अबलेन्डाजोल(जुकाको औषधी) र शुक्ष्म पोषकतत्व वालभिट्टा खुवाउने कार्यक्रम रहेको छ । गाउँपालिकाको स्वास्थ्य शाखा उप संयोजक शर्मिला शर्माका अनुुसार ६ महिना देखि ५९ महिना सम्मका(पाँच वर्ष मुनिका) बालबालिकाहरुलाई एक मात्रा भिटामिन ए तथा १२ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई भिटामिन ए संगै एकमात्रा जुकाको औषधी (अलबेन्डाजोल चक्की) तथा ६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुलाई शुक्ष्मपोषक तत्व बालभिट्टा खुवाईनेछ ।
गाउँपालिकाका करिब ५ हजार ५ सय बालबालिकालाई भिटामिन ए संगै जुकाको औषधी र बालभिट्टा खुवाईने लक्ष्य रहेको र ४३ महिला स्वयंसेबिका परिचालन हुने उप संयोजक शर्माले जनाईन् । गाउँपालिका अन्तरगतका धमौली, गोनाहा, कम्हरिया र हाटीबनगाई स्वास्थ्य चौकी अन्य आधारभुत स्वास्थय चौकी रहेका स्थान गाउँपालिका कार्यालय र टोल बजार, बिद्यालय क्षेत्रमा गएर खुवाईने शर्माले बताईन्। ।
Get real time update about this post categories directly on your device, subscribe now.