भैरहवा र वरपरका क्षेत्रमा आज मिति २०७७ पुष १४ गते मंगलवार हुने कार्यक्रमहरु यस प्रकार रहेका छन्ः
- पार्टी प्रवेश कार्यक्रमः
जनता समाजवादी पार्टीमा प्रवेश कार्यक्रम दिउसो ०१ः०० बजे होटल पौवा भैरहवामा हुँदैछ ।
- स्याटेलाइट सेवा सुरु
मायादेवी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विहान ११ः०० बजे लामो अवधिको जन्मान्तरको लागि स्याटेलाइट सेवा कार्यक्रम शुभारम्भ मायादेवी गाउँपालिका वनगाई स्वास्थ्य चौकीमा हुँदैछ ।
- पत्रकार सम्मेलनः
नेपाली काँगेस रुपन्देहीद्वारा पत्रकार सम्मेलन होटल एशियन बुटवलमा विहान ०९ः०० बजे हुँदैछ ।
- विरोध र्यालीः
नेपाल कम्युनिष्ट पार्टी नेकपा रुपन्देहीद्वारा बुटवलको राजमार्ग चौराहादेखि ट्राफिक चोकसम्म विहान १०ः३० बजे विरोध र्याली हुने जानकारी पार्टी सचिव नारायण बहादुर जिसीले दिएका छन् ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला । फोन नं. ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा कार्यक्रम बारे जानकारी टिपाउनुहोला ।)
Get real time update about this post categories directly on your device, subscribe now.