अर्गेनिक तरकारी बिक्री:
लुम्बिनी अर्गेनिक फाम एण्ड रिसर्च सेन्टरमा फलेका तरकारीहरु बिक्री सानु डिपार्टमेन्टल स्टोरको छेउ कौशी डाउनटाउनको अगाडि बिहान ६ बजे देखि १० बजे सम्म ।
लायन्स सुपर सिक्सेस क्रिकेटः
लायन्स क्लव अफ बोहिमियन्सको आयोजनामा अन्तर लायन्स सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको दोश्रो चरण साथै सेमिफाइनल र फाइनल खेलहरु बिहान ९ बजे देखि सिद्धार्थ रंगशाला भैरहवामा हुदैछ ।
नेपाली काँग्रेसको विरोध सभाहरुः
नेपाली काँग्रेस सिद्धार्थनगर समितिको आयोजनामा प्रतिनिधी संसद ,सर्बसत्तावाद भ्रष्टाचारको बिरुद्धमा विरोध सभा कार्यक्रम बिहान ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालय रुपन्देहीमा, त्यसै गरी नेपाली कांग्रेस बुटवल उपमहानगर नगर समितीको आयोजनमा बिहान १०.३० बजे ट्राफिक चोकमा, नेपाली काँग्रेस तिलोत्तमा नगर समितिको आयोजनमा तिलोत्तमा नगर वडा नम्बर ५ मणिग्राममा बिहान १०.३० बजे हुदैछ ।
नेकपा नगर भेला :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला बिहान ११ बजे मणिग्राम पार्टी प्यालेशमा हुदैछ ।
टेन स्टिल अन्तर मिडिया कप फुटसलः
ग्लोवल मिडियाको आयोजनामा टेन स्टिल अन्तर मिडियाकप फुटसल मणिग्राममा बिहान ९ बजे देखि हुदैछ ।
शुभचिन्तक भेटघाट एवं बनभोज कार्यक्रमः
समाजसेवि एवं युवा व्यक्तित्व सिद्धार्थनगर भैरहवा निवासी रवि कुमार रौनियार द्धारा आफना शुभचिन्तकहरु संग भेटघाट अन्तरक्रृया एवं बनभोज कार्यक्रम सिद्धार्थनगर नगर पालिका वडा नम्बर २ पञ्चवाटिका उद्यानमा बिहान १० बजे देखि ।
अन्तरक्रृया एवं बनभोजः
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन मुल इकाई समिति भैरहवा बहुमुखी क्याम्पसको आयोजनामा मंगलापुरको कुञ्जलापुर स्थित कुञ्जपार्कमा अन्तरक्रृया तथा बनभोज कार्यक्रम बिहान देखि हुदैछ ।
डा. प्रबिण खत्रीको सम्मान एवं बिदाई कार्यक्रमः
युनिभर्शल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लामो समय सम्म कार्यरत रही यस क्षेत्रमा योगदान पुरयाएका चिकित्सक डा. प्रबिण खत्री भैरहवा बाट बिदा हुदै काठमाण्डौ जादैछन् । उन्को सम्मान तथा बिदाई कार्यक्रम बेलुका ४ बजे होटल पौवामा ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तल दिएको कमेन्ट बक्समा कमेन्ट गरेर जानकारी दिन सक्नुहुन्छ )
Get real time update about this post categories directly on your device, subscribe now.