अर्गेनिक तरकारी बिक्री:
लुम्बिनी अर्गेनिक फाम एण्ड रिसर्च सेन्टरमा फलेका तरकारीहरु बिक्री सानु डिपार्टमेन्टल स्टोरको छेउ कौशी डाउनटाउनको अगाडि बिहान ७ बजे देखि १० बजे सम्म ।
खोपकेन्द्र भवन उदघाटनः
मायादेवी गाउँपालिका स्वास्थय शाखा अन्तरगतको खोप भवन उदघाटन आज बिहान १० बजे मायादेवी गाउँपालिका वडा नम्बर ८ बसडिलयामा हुदैछ ।
अन्तरक्रिया कार्यक्रमः
गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र रुपन्देहीको आयोजनामा गजेन्द्र नारायण सिंहको १९औं पुन्य तिथिको अवसरमा ‘अधिकार,पहिचानको संघर्ष र गजेन्द्र नारायण सिंह’ बिषयक अन्तरक्रिया कार्यक्रम आज होटल पौवा भैरहवामा बिहान ११ बजे आयोजना हुदैछ ।
व्यवसायीक भवन उदघाटनः
लुम्बिनी निर्माण व्यवसायी संघ परिसर भैरहवामा निर्मित व्यवसायीक भवन उदघाटन कार्यक्रम आज बिहान ११ बजे संघको कार्यालय परिसरमा हुदैछ ।
जनजागृती क्लव उदघाटनः
ओमसतिया गाउँपालिकाको केरवानी बजारमा जाजागृती क्लव उदघाटन कार्यक्रम बिहान ११ बजे हुदैछ ।
पत्रकार सम्मेलनः
नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश कमिटीको आयोजनामा पत्रकार सम्मेलन आज बिहान ८.३० बजे पुष्पलाल स्मृति भवनमा हुदैछ ।
लुम्बिनी भ्रमणः
सातवटै प्रदेशका आन्तरिक तथा कानुनमन्त्री, महान्यायाधिवक्ता र कानुन सचिव सहितको लुम्बिनी प्रदेश सरकारको टोली बुद्धजन्मस्थल लुम्बिनी भ्रमण कार्यक्रम आज बिहान ९।३० बजे हुदैछ ।
व्याटमिन्टन प्रतियोगिताः
कृषि विकास बैंक लिमिटेडको ५४ औं वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंक लिमिटेड कर्मचारी संगठन नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा बैंकको लुम्बिनी प्रदेश कार्यालय अन्तरगतका कर्मचारीहरु बिच व्याटमिन्टन प्रतियोगिताको सेमिफाइनल र फाइनलका खेलहरु आज प्रदेश कार्यालय परिसर भैरहवामा हुदैछ ।
रोटरी भैरहवाको अन्तरक्रृयाः
रोटरी क्लव अफ भैरहवाको अन्तरक्रृया एवं पारिवारिक वनभोज कार्यक्रम आज बाउन्नकोटी सामुदायिक बन चिल्हियामा हुदैछ ।
ब्याट्मिन्ट्न प्रतियोगिताः
लायन्स क्लब अफ भलवारी सिटीको आयोजनामा तिलोत्तमा नगरपालिकाको मधवलिया बिहुलिको व्याडमिन्टन कभर्ड हलमा व्याडमिन्टन प्रतियोगिता आज हुदैछ।
लायन्स क्लव स्थापनाः
लायन्स क्लव अफ सिद्धार्थनगर लगायतको स्पोन्सरमा स्थापित भएका लायन्सक्लबहरु टुलिप, ग्रिन सिटी र डाईनामिक टिचरको चार्टर प्रेजेन्टेशन सेरोमोनि आज दिउसो १ बजे किंग प्यालेश होटलमा हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तल दिएको कमेन्ट बक्समा कमेन्ट गरेर जानकारी दिन सक्नुहुन्छ )
Get real time update about this post categories directly on your device, subscribe now.