अन्तरक्रृया कार्यक्रमः
६८औं विश्व कुष्ठ रोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा पत्रकार एवं सरोकार पक्ष अन्तरक्रृया कार्यक्रम आज बिहान ८.३० बजे भैरहवामा हुदैछ ।
सिर्जनशिल साहित्यिक समाजको वार्षिकोत्सवः
सिर्जनशिल साहित्यिक समाजको सत्रौं वार्षिकोत्सव समारोह एवं सहिद दिवस,पुरस्कार समर्पण, श्रष्टा सम्मान, माटो कविता लोकार्पण एवं साहित्यिक गोष्ठी आज दिउसो होटल पौवा भैरहवामा १२.३० बजे हुदैछ ।
स्वं खडग प्रसाद गौचन स्मृति क्रिकेटः
स्टार क्रिकेट एकेडमीको आयोजनामा सिद्धार्थ रंगशाला भैरहवामा जारी स्वं खडग प्रसाद गौचन स्मृति यु १६ क्रिकेट प्रतियोगिता अन्तरगत आजका २ खेल मध्ये पहिलो खेल बिहान ९ बजे काशि नोबल एकेडमी र स्टार क्रिकेट एकेडमी बिच तथा दोश्रो खेल दिउसो १ बजे ओसिस क्रिकेट एकेडमी र पोखरा क्रिकेट एकेडमी बिच हुनेछ ।
वेब साईट शुभारम्भः
भैरहवा र वरपरका क्षेत्रमा रहेका नीजि बिद्यालयहरुको सस्था सामुहिक विद्यालय परिवारले तयार गरेको वेबसाईट शुभारम्भ कार्यक्रम आज दिउसो २ बजे लुम्बिनी कटेज भैरहवामा हुदैछ ।
पत्रकार सम्मेलनः सिद्धार्थनगर नगर पालिकाकी उपप्रमुख उमा काफ्ले द्धारा सुत्केरी कोशेली उपहार कार्यक्रम सम्बन्धमा पत्रकार सम्मेलन दिउसो १२ बजे नगरपालिका कार्यालयमा ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तल दिएको कमेन्ट बक्समा कमेन्ट गरेर जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.