निशुल्क बन्धयाकरण घुम्ती शिविरः
स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना र नेपाल परिवार नियोजन संघ रुपन्देहीको सहयोगमा सुरु भएको निशुल्क बन्ध्याकरण शिविर(पुरुष तथा महिलाको लागि) आज सम्मरीमाई गाउँपालिकाको रोइनिहवा स्वास्थ्य चौकीमा हुदैछ । ईच्छुकले ९८५७०१६७३० नम्बरमा जानकारी लिनु होला ।
अभिकर्ता तालिमः
सुर्या लाइफ इन्सुरेन्स कम्पनि लिमिटेड भैरहवा शाखाको आयोजनामा अभिकर्ता आधारभुत तालिम आज भैरहवा नारायणस्थान पथ स्थित कार्यालयमा ११ बजे हुदैछ ।
स्वास्थ्य तथ्यांङ्क सम्बन्धि तालिमः
मायादेवी गाउँपालिका स्वास्थ्य शाखा कम्हरियाको आयोजनामा आज स्वास्थ्य तथ्याङ्क सङ्कलन सम्बन्धि अभिमुखीकरण तालिम आज गाउँपालिकाको सभा हल बरेवामा हुदैछ ।
पदस्थापन समारोहः
लियो क्लव अफ सिद्धार्थनगरको १६औं पदस्थापन तथा अवार्ड सेरोमनी कार्यक्रम आज होटल पौवामा बेलुका ६ बजे हुदैछ ।
स्प्रे टंकी वितरणः
लुम्बिनी ज्ञानप्रभा सामुदायिक विकास संस्थाको आयोजना र कोटहीमाई गाउँपालिकाको सहयोगमा कृषकहरुलाई स्प्रे टंकी वितरण कार्यक्रम आज दिउसो कोटहीमाई गाउँपालिका वडा नम्बर २ मा हुदैछ ।
सिपमुलक तालिमः
सामुदायिक विकासका लागि युवा सहकार्य द्धारा कोटहीमाई गाउँपालिकामा शारिरीकरुपमा अशक्तहरुलाई सिपमुलक तालिमको सुरुवात आज बाट हुदैछ ।
जनचेतनामुलक तालिमः
सामुदायिक विकासका लागि युवा सहकार्य रुपन्देहीको आयोजनामा कोटहीमाई गाउँपालिकामा मधेशी, मुस्लिम तथा पिछडा वर्गका व्यक्तिहरुलाई जनचेतनामुलक कार्यक्रम कोटहीमाई गाउँपालिकामा हुदैछ ।
स्वं खडग प्रसाद गौचन स्मृति क्रिकेटः
स्टार क्रिकेट एकेडमीको आयोजनामा सिद्धार्थ रंगशाला भैरहवामा जारी स्वं खडग प्रसाद गौचन स्मृति यु १६ क्रिकेट प्रतियोगिता अन्तरगत आज फाईनल खेल न्यू होराइजन उच्च मावि बुटवल र धनगडी क्रिकेट एकेडमी बिच बिहान ९ बजेबाट हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तल दिएको कमेन्ट बक्समा कमेन्ट गरेर जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.