मायादेवीको हिउँदे गाउँ सभा
मायादेवी गाउँपालिका(रुपन्देही)को हिउँदे गाउँ सभा आज विहान १०ः०० बजे गाउँपालिकाको सभाहलमा हुँदैछ ।
निशुल्क बन्ध्याकरण घुम्ती शिविरः
स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना र नेपाल परिवार नियोजन संघ रुपन्देहीको सहयोगमा सुरु भएको निशुल्क बन्ध्याकरण शिविर (पुरुष तथा महिलाको लागि) आज पनि सियारी गाउँपालिकाको छपिया स्वास्थ्य चौकीमा हुदैछ । ईच्छुकले ९८५७०६११२४ नम्बरमा जानकारी लिनु होला ।
पत्रकार सम्मेलनः
होटल हिडन प्यालेशको आयोजनामा आज दिउसो १ बजे पत्रकार सम्मेलन हुदैछ होटल परिसर मंगलापुरमा ।
स्वराज शहस्त्र मेलाः
तेजभक्त इन्टरनेशनल प्रा.लि.द्वारा होटल पौवामा विहान १०ः०० बजे स्वराज शहस्त्र मेला हुँदैछ ।
क्षमता विकास तालिम:
कोटहीमाई गाउँपालिका मझगाँवा, रूपन्देहीमा कार्यरत कर्मचारीहरुको क्षमता विकास तालिम आज १०ः०० बजेबाट सुरु हुँदैछ ।
चेतना अभिबृद्धि तालिमः
ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुर रुपन्देहीको आयोजनामा मधेसी मुस्लिम तथा पिछडा वर्गको लागी चेतना अभिवृद्धी तालिम तेश्रो दिन आज पनि वडा कार्यालय भवन बसन्तपुरमा हुदैछ ।
रुपन्देही सुपरलिग क्रिकेटः
रुपन्देही सुपरलिग क्रिकेट अन्तरगत बि डिभिजनको खेलमा आज सिद्धार्थ रंगशाला भैरहवामा गोलपार्क क्रिकेट क्लव र बुटवल युथ बिच हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तल दिएको कमेन्ट बक्समा कमेन्ट गरेर जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.