सरस्वती पूजा कार्यक्रमः
आज सरस्वती पूजा बिभिन्न सरस्वती मन्दिर तथा विद्यालयहरुमा बिहानैबाट हुँदैछ ।
व्यवसायिक भवन शिलान्यास कार्यक्रमः
सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मेउडिहवा स्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा सरस्वती पूजा तथा व्यवसायिक भवन शिलान्यास कार्यक्रम आज बिहान ८.३० बजे हुँदैछ ।
कम्हरियामा निःशुल्क बन्ध्याकरण शिविरः
स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना र नेपाल परिवार नियोजन संघ रुपन्देहीको सहयोगमा सुरु भएको निःशुल्क बन्ध्याकरण शिविर (पुरुष तथा महिलाको लागि) आज मायादेवी गाउँपालिकाको कम्हरिया स्वास्थ्य चौकीमा हुँदैछ । इच्छुकले ९८५७०१०४९० नम्बरमा जानकारी लिनु होला ।
रुपन्देही सुपरलिग क्रिकेटः
रुपन्देही सुपरलिग क्रिकेट अन्तरगत बि डिभिजनको खेलमा आज तिलोत्तमा क्रिकेट क्लब र लुम्बिनी शाक्यन बिच सिद्धार्थ रंगशाला भैरहवामा बिहान ९ बजे देखि प्रतिष्पर्धा हुँदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तल दिएको कमेन्ट बक्समा कमेन्ट गरेर जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.