केरवानीमा निशुल्क बन्ध्याकरण शिविरः
स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना र नेपाल परिवार नियोजन संघ रुपन्देहीको सहयोगमा सुरु भएको निशुल्क बन्ध्याकरण शिविर (पुरुष तथा महिलाको लागि) आज देवहद नगरपालिकाकोे केरवानी स्वास्थ्यचौकीमा हुदैछ । ईच्छुकले ९८४७०२७४३४ नम्बरमा सम्पर्क गर्नु होला ।
बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवसः
वुटवल उद्योग वाणिज्य संघको आज स्थापना दिवस बिभिन्न कार्यक्रम आयोजना हुदैछ ।
सचेतना मूलक कार्यक्रमः
मयादेवी गाउँपालिका महिला, बालबालिका तथा समाज कल्याण एकाई रुपन्देहीको आयोजनामा समाजमा रहेका कुरीति, कुप्रथा, लैङ्गिक हिंसा, मानव बेचविखन तथा ओसार पसार विरुद्ध सचेतना मूलक कार्यक्रम गाउँपालिकाको सभाहलमा आज हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.