धकधईमा निशुल्क बन्ध्याकरण शिविरः
स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना र नेपाल परिवार नियोजन संघ रुपन्देहीको सहयोगमा सुरु भएको निःशुल्क बन्ध्याकरण शिविर (पुरुष तथा महिलाको लागि) आज रोहिणी गाउँपालिकाको धकधई प्राथमिक स्वास्थ्य केन्द्र मा हुँदैछ । इच्छुकले ९८४७०२३०५५ नम्बरमा सम्पर्क गर्नु होला ।
अन्तरक्रिया कार्यक्रमः
सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण(एएमएल/सिएफटी) सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज नेपाल राष्ट्र वैंक सिद्धार्थनगर शाखाको आयोजनामा रेडसन होटलमा हुँदैछ ।
कार्यशाला गोष्ठीः
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत सञ्चालित बी.एस्सी/एम.एस्सी कार्यक्रमको विज्ञान प्रयोगशाला विकास तथा सुधार कार्यको प्रगति समिक्षा कार्यशाला गोष्ठी भैरहवा बहुमुखी क्याम्पसको आयोजनामा आज हुँदैछ ।
बुटवल उद्योग वाणिज्य संघको निवाचनः
आगामी कार्यकालका लागी बुटवल उद्योग वाणिज्य संघमा आज अध्यक्ष लगायत पदमा मतदान हुँदैछ । अध्यक्षमा उज्ज्व कसवु र हरी अर्याल उम्मेदवार हुन् ।
माछा पालन सम्बन्धि गोष्ठीः
भेटनरी अस्पताल तथा पशुसेवा विकास केन्द्र भैरहवाको आयोजनामा माछा पालक कृषक र सरोकारवाला बिच कार्यशाला गोष्ठी आज यात्री होटल भैरहवामा हुँदैछ ।
सम्मान कार्यक्रमः
ओमसतिया गाउँपालिका वडा नम्बर ४ कार्यालयको आयोजनामा वडा कार्यालय बसन्तपुरमा आज शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरुलाई सम्मान कार्यक्रम हुँदैछ ।
रुपन्देही सुपरलिग क्रिकेटः
रुपन्देही सुपरलिग क्रिकेट अन्तरगत सिद्धार्थ रंगशाला भैरहवामा ए डिभिजनको खेल अन्तरगत आज बिहान ९ बजे बाट एमसिसि (मेलबोर्न क्रिकेट क्लब) र लुम्बिनी खुकुरी क्लव बिच प्रतिष्पर्धा हुँदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.