चलायमान अर्थतन्त्र बिषयमा अन्तरक्रृयाः
भैरहवा र वरपरको आर्थिक क्षेत्र चलायमान बनाउन व्यबसायीक संघसस्थाको भूमिका र युवाहरुको दायित्व बिषयमा अन्तरक्रृया आज न्यूज ओके पत्रिकाको आयोजनामा बेलुका ४ बजे किंग प्यालेशमा हुदैछ ।
प्रसुतिकर्मीलाई तालिम :
मायादेवी गाउँपालिका अन्तरगतका बर्थिंग सेन्टरमा कार्यरत दक्ष प्रसुतिकर्मीहरुका लागि एमएनएच अपडेट सम्बन्धि अनसाईट कोचिंग आज देखि मायादेवी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा कम्हरिया स्वास्थ्य चौकीमा हुदैछ ।
रुपन्देही सुपरलिग क्रिकेटः
रुपन्देही सुपरलिग क्रिकेट अन्तरगत सिद्धार्थ रंगशाला भैरहवामा आज एक्सपर्ट जिआर र देवदह क्रिकेट क्लव बिच बिहान ९ बजे बाट प्रतिष्पर्धा हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.