अर्थमन्त्री बिष्णु पौडेलको बिभिन्न कार्यक्रमः
आज अर्थमन्त्री बिष्णु पौडेल रुपन्देही आउदा बिभिन्न कार्यक्रममा सहभागि हुने जानकारी आएको छ।
जस अनुसार बिहान १० बजे तिलोत्तमा खेल कम्प्लेक्स डिपिआर प्रस्तुत गर्ने कार्यक्रममा तिलोत्तमा ६ रुपन्देहीमा, बिहान १०.३० बजे तिलोत्तमा ६ रुपन्देहीमा उमा आधारभुत विद्यालयको भवन शिलान्यासमा, बिहान ११.१५ बजे तिलोत्तमा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उदघाटन र दिउसो ३ बजे सैनामैना पर्रोहा परमेश्वर माविको वार्षिकोत्सव कार्यक्रम रहेको छ ।
पाठेघर परिक्षण तथा जनचेतना कार्यक्रमः
१११ औं नारी दिवसको अवसरमा लायन्स क्लव अफ सिद्धार्थनगर लोटसको आयोजनामा पाठेघर परिक्षण चेकजाच तथा जनचेतना कार्यक्रम आज ११ बजे रुपन्देही क्याम्पस परिसरमा हुदैछ ।
रुपन्देही क्याम्पसको ३० औं वार्षिकोत्सवः
यस क्षेत्रको पुरानो क्याम्पस रुपन्देही क्याम्पसको ३०औं वार्षिकोत्सव समारोह आज भैरहवामा हुदैछ ।
अन्तरक्रिया कार्यक्रमः
ओमसतिया गाउँपालिकाको आयोजनामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासलाई लालपुर्जा वितरण प्रयोजनार्थ लगत संकलन सम्बन्धि कार्यविधि २०७७ बमोजिम सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम ओमसतिया गाउँपालिकाको सभाहलमा आज हुदैछ ।
कर्मचारी तथा पदाधिकारीहरुका लागि क्षमता विकास तालिमः
मायादेवी गाउँपालिका १ नम्बर वडा कार्यालय कम्हरिया,रुपन्देहीको आयोजनामा कर्मचारी तथा पदाधिकारीहरुका लागि क्षमता विकास तालिम आज गाउँपालिकाको सभाहलमा हुदैछ ।
सचेतना कार्यक्रमः
पशु क्वारेन्टाइन कार्यालय भैरहवाको आयोजनामा आज पाल्हीनन्दन गाउँपालिका ३ नवलपरासीमा जुनोटिक रोग तथा पशु क्वारेन्टाइन सम्बन्धी सचेतना कार्यक्रम आज हुदैछ ।
मिडिया नेपालको पत्रकार सम्मेलनः
मिडिया नेपालको फागुन २१ र २२ गते बुटवलमा हुने राष्ट्रिय भेलाको बिषयमा जानकारी दिन आज दिउसो २.३० बजे होटल मेरिगोल्ड सुख्खानगरमा पत्रकार सम्मेलन हुदैछ ।
रुपन्देही सुपरलिग क्रिकेटः
रुपन्देही सुपरलिग क्रिकेट अन्तरगत आज सिद्धार्थ रंगशाला भैरहवामा देबदह क्रिकेट क्लव र वेष्टर्न क्रिकेट क्लव बिच प्रतिष्पर्धा हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.