सिद्धार्थ उद्योग वाणिज्य संघको साधारण सभाः
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा आज भैरहवा स्थित संघको आफनै नयाँ भवनमा बिहान ८ बजे बाट हुदैछ।
डीन कार्यालय उदघाटन्ः
लुम्बिनी बौद्ध बिश्वबिद्यालयको डीन कार्यालय उद्धघाटन र गुरुयोजना सार्वजनिक गर्ने कार्यक्रम आज बिहान ८ बजे देबदह शितलनगरमा हुदैछ ।
खोप सम्बन्धि अन्तरक्रियाः
कोभिड १९ बिरुद्धको खोप अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा आज बिहान ८ बजे जिल्ला समन्वय समितिको सभाहल भैरहवामा हुदैछ।
पत्रकार सम्मेलनः
राप्रपा रुपन्देही द्धारा पत्रकार सम्मेलन आज बिहान ९ बजे भैरहवा स्थित पार्टी कार्यालयमा हुदैछ ।
औलो रोग बारे कार्यक्रम:
मायादेवी गाउँपालिका स्वास्थ्य शाखा कपिलबस्तुको आयोजनामा पालिका स्तरीय औलो रोगबारे बहुनिकाय अन्तरक्रिया कार्यक्रम पकडी स्वास्थ्य चौकीको सभाहलमा आज हुदैछ ।
मिडिया नेपालको राष्ट्रिय भेलाः
मिडिया नेपालको राष्ट्रिय भेला २०७७को उदघाटन आज बिहान ११. ३० बजे होटल मेरिगोल्ड सुख्खानगरमा हुदैछ ।
न्यायिक समितिको प्रचार प्रसारः
स्माइल फाउण्डेशन नेपालको आयोजनामा मर्चवारी गाउँपालिकाको सवै वडामा न्यायिक समितिको काम कर्तव्य बारे प्रचार प्रसार कार्यक्रम आज वडा नम्बर १ कार्यालय बाट सुरु हुदैछ ।
कुसन बनाउने तालिमः
समर्पण समाज परिवर्तनमाको आयोजनामा मायादेवी गाउँपालिकामा महिलाहरुलाई २० दिने कुसन तथा डल बनाउने सिपमुलक तालिम आज बाट गाउँपालिकाको गुण्डी रुपन्देहीमा सुरु हुदैछ ।
रुपन्देही सुपरलिग क्रिकेटः
रुपन्देही सुपरलिग क्रिकेट अन्तरगत आज सिद्धार्थ रंगशाला भैरहवामा तिरुपति क्रिकेट क्लव र तिलोत्तमा क्रिकेट क्लव बिच प्रतिष्पर्धा हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.