अर्गेनिक तरकारी बिक्री:
लुम्बिनी अर्गेनिक फाम एण्ड रिसर्च सेन्टरमा फलेका अर्गेनिक तरकारीहरु बिक्री सानु डिपार्टमेन्टल स्टोरको छेउ कौशी डाउनटाउनको अगाडि बिहान १० बजे सम्म ।
रोटरी हाफ म्याराथनः
रोटरी क्लव अफ भैरहवाको आयोजनामा आज रोटरी हाफ म्याराथन हुदैछ । बुटवल पुष्पलाल चोकबाट बिहान ७ बजे म्याराथन सुरु हुनेछ । म्याराथन भैरहवाको सानु डिपार्टमेन्टल स्टोर अघि आएर टुंगिनेछ । यसको प्रतक्ष्य प्रशारण न्यूज ओके लाईभ बाट प्रतक्ष्य प्रशारण हुनेछ ।
सिद्धार्थ उद्योग वाणिज्य संघमा निर्वाचनः
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी कार्यकालका लागी बाणिज्य सदस्य तर्फ १० पद, उद्योग सदस्य तर्फ ५ पद र महिला सदस्य (उद्योग)तर्फ १ पदका लागी आज निर्बाचन हुदैछ । निर्बाचन समाप्ति पछि आजै मतगणना पनि हुनेछ ।
नेवा खलः सिद्धार्थनगरको साधारण सभाः
नेवा खलः सिद्धार्थनगरको २१ औं साधारण सभा तथा १७ औं अधिबेशन आज खलःको कार्यालय सिद्धार्थनगर पिपरहियामा बिहान ११ बजेबाट हुदैछ ।
रुपन्देही सुपरलिग क्रिकेटः
रुपन्देही सुपरलिग क्रिकेट अन्तरगत आज सिद्धार्थ रंगशाला भैरहवामा लुम्बिनी खुकुरी क्लव र सैनामैना क्रिकेट क्लव बिच प्रतिष्पर्धा हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.