सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचन परिणाम घोषणाः
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी कार्यकालका लागी बाणिज्य सदस्य तर्फ १० पद, उद्योग सदस्य तर्फ ५ पद र महिला सदस्य (उद्योग)तर्फ १ पदका लागी हिजो भएको निर्बाचन र रातिबाट सुरु भएको मतगणनाको नतिजा आज बिहान ९ बजे सार्बजनिक हुदैछ ।
आँखा तथा दन्त शिविरः
रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीको आयोजनामा आज मर्चवारको मझगावामा आँखा तथा दन्त परिक्षण शिविर हुदैछ । त्यसै गरी सोहि क्लव द्धारा आजै भैरहवा स्थित बाल सुधार केन्द्रमा दाँत आँखा तथा छाला रोगको परिक्षण र उपचार कार्यक्रम हुदैछ । सबै परिक्षण साथै औषधी बितरण निशुल्क हुने छ ।
रुपन्देही सुपरलिग क्रिकेटः
रुपन्देही सुपरलिग क्रिकेट अन्तरगत आज एक्सपर्ट जि.आर. र वेस्टर्न क्रिकेट क्लव बिच प्रतिष्पर्धा हुदैछ ।
पत्रकार सम्मेलन
जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्वारा पत्रकार सम्मेलन आज दिउसो ०२ः०० बजे जिल्ला प्रहरी कार्यालय भैरहवामा हुँदैछ ।
कोरोना विरुद्ध खोप कार्यक्रम
रुपन्देहीका ज्येष्ठ नागरिकहरुलाई आजदेखि कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सबै स्थानीय तहहरुमा हुँदैछ ।
ओमसतिया गाउँसभा
ओमसतिया गाउँपालिकाको आठौं गाउँसभा आज गाउँपालिकाको सभाहलमा हुँदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.