१११ओैं नारी दिवसमा बिभिन्न कार्यक्रमः
मार्च ८ का दिनलाई बिश्वभर नारी दिवसका रुपमा बिभिन्न कार्यक्रम गरी मनाईन्छ । नारी दिवसको उपलक्ष्यमा आज बिहान सिद्धार्थनगर नगर पालिकाको मुख्य आयोजनामा बुद्धचोकबाट प्रभातफेरीको आयोजना हुदैछ ।
पत्रकार सम्मेलनः
श्री दक्षिणेश्वर धाम सेवा संस्थाले सियारी नदिको तटमा महाशिबरात्री पर्वको दिन गर्न गैरहेको कार्यक्रम बारे पत्रकार सम्मेलन आज बिहान ८.४५ बजे कौशी डाउनटाउन रेष्टुरेन्टमा हुदैछ ।
नारी सम्मान र सामग्री वितरण कार्यक्रमः
१११औं नारी दिवसको उपलक्ष्यमा मायादेवी च्यारिटेवल फाउण्डेशन द्धारा बिहान ११ बजे सिद्धार्थनगर नगर पालिका वडा नम्बर ६ गल्लामण्डी स्थित महात्मा गौतमबुद्ध माध्यमिक विद्यालयमा नारी सम्मान, बिभिन्न सामग्री हस्तान्त्रण लगायतको कार्यक्रम आयोजना हुदैछ ।
बित्तचित्र प्रदर्शनः
रोट्रयाक क्लव अफ लुम्बिनी सिद्धार्थनगरद्धारा १११ औं नारी दिवसको अवसर पारी छाउपडि नामको बित्तचित्र(डकुमेन्ट्री) प्रदर्शन साझ ६ बजे सानु डिपार्टमेन्ट स्टोर उज्यालो चोक स्थित ठुलो टिभीमा हुदैछ ।
स्वागत तथा समुदघाटन कार्यक्रमः
भैरहवा बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. पेशल दाहालको स्वागत तथा नवनिर्मित कक्षाकोठाको समुदघाटन आज हुदैछ ।
अभिमुखिकरण तालिमः
समर्पण समाज परिवर्तनमाको आयोजनामा रोहिणी गाउँपालिका वडा नम्बर ५को सहयोगमा श्री पिपरहवा माध्यमिक विद्यालय पिपरहवामा बालमैत्री तथा स्थानिय शासन सम्बन्धि १ दिने अभिमुखिकरण तालिम आज हुदैछ ।
रुपन्देही सुपरलिग क्रिकेटः
रुपन्देही सुपरलिग क्रिकेट अन्तरगत आज होराईजन क्रिकेट क्लव र तिलोत्तमा क्रिकेट क्लव बिच प्रतिष्पर्धा हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.