प्रभातफेरी कार्यक्रम
सिद्धार्थनगर नगरपालिकाको आयोजन तथा सामूहिक विद्यालय परिवारको व्यवस्थापनमा उपप्रमुख दोस्रो महिलाकप २०७७ को अवसरमा आज विहान ०९ः०० बजेदेखि लुम्बिनीगेट हुँदै नगरपरिसर भित्र प्रभातफेरी कार्यक्रम हुँदैछ ।
उपप्रमुख दोस्रो महिला कप–२०७७ उद्घाटन समारोह
सिद्धार्थनगर नगरपालिकाको आयोजन तथा सामूहिक विद्यालय परिवारको व्यवस्थापनमा उपप्रमुख दोस्रो महिलाकप २०७७ आज विहान १०ः०० बजे सङ्घीय प्रहरी इकाई कार्यालय भैरहवामा हुँदैछ ।
निःशुल्क आँखा शिविर
मायादेवी गाउँपालिका पकडी कपिलवस्तु स्वास्थ्य शाखाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र हरनपुर, कपिलवस्तुमा निःशुल्क आँखा शिविर कार्यक्रम विहान १०ः०० देखि साँझ ०४ः०० बजेसम्म हुँदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.