क्षयरोग दिवस कार्यक्रमः
विश्व क्षयरोग दिवस(२४ मार्च)को अवसरमा आज रुपन्देहीमा विभिन्न कार्यक्रम हुदैछ । मायादेवी गाउँपालिका रुपन्देहीको स्वास्थ्य शाखाले पनि क्षयरोग दिवसका अवसरमा अन्तरक्रिया तथा छलफल कार्यक्रम धमौली स्वास्थ्य चौकी, गोनाहा स्वास्थ्य चौकी, हाटीबनगाई चौकी र कम्हरिया स्वास्थ्य चौकीमा आज गर्दैछ ।
निशुल्क दन्त शिविरः
बिश्व मुख स्वास्थ्य दिवस(ओरल हेल्थ डे)को अवसरमा युनिभर्शल कलेज अफ मेडिकल साइन्सेज एण्ड डेन्टल हस्पिटल भैरहवाको आयोजनामा सचेतना तथा निशुल्क दन्त शिविर कार्यक्रम आज पनि मेडिकल कलेलजमा हुदैछ । निशुल्क शिविर शनिवार सम्म हुनेछ ।
अन्तरक्रृया कार्यक्रमः
पुष्पलाल मित्रता केन्द्र रुपन्देहीको आयोजनामा कम्युनिष्ट आन्दोलनमा हाम्रो भुमिका बिषयमा अन्तरक्रृया कार्यक्रम आज बिहान ११ बजे मेरिगोल्ड होटल बुटवलमा हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.