निशुल्क दन्त शिविरः
बिश्व मुख स्वास्थ्य दिवस(ओरल हेल्थ डे)को अवसरमा युनिभर्शल कलेज अफ मेडिकल साइन्सेज एण्ड डेन्टल हस्पिटल भैरहवाको आयोजनामा सचेतना तथा निशुल्क दन्त शिविर कार्यक्रम आज पनि मेडिकल कलेलजमा हुदैछ । निशुल्क शिविर शनिवार सम्म हुनेछ ।
पदस्थापन समारोहः
सिद्धार्थ उद्योग वाणिज्य संघको नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन समारोह आज दिउँसो १४.४५ बजे संघको सभाहलमा हुँदैछ ।
साधारण सभाः
जयसवाल सेवा समिति सिद्धार्थनगर रूपन्देहीको २८ औं साधारण सभा तथा होली मिलन समारोह कार्यक्रम आज दिउँसो जयसवाल सेवा समितिको कार्यालय गल्लामण्डीमा हुँदैछ ।
भवन शिलान्यास कार्यक्रमः
नेत्रज्योति संघ रुपन्देहीको साधारण सभा, भवन शिलान्यास तथा सम्मान कार्यक्रम आज दिउँसो लुम्बिनी रण अम्बिका आँखा अस्पताल कभर्ड हलमा हुँदैछ ।
आत्मा रक्षा तालिमः
सामाजिक विकास डिभिजन कार्यालय भैरहवा रुपन्देहीको आयोजनामा सामुदायिक विद्यालयहरमा अध्ययनरत किशोरीहरुका लागि ३ महिने आत्मरक्षा तालिम उद्घाटन आज बुटवलको नविन औद्योगिक कदर बहादुर ऋतु मा.वि.मा हुँदैछ ।
तालिम समापनः
मायादेवी गाउँपालिका सहकारी शाखाको आयोजनामा सुरु भएको सहकारी तथ्याङ्क व्यवस्थापन सम्बन्धी ४ दिने तालिमको समापन आज गाउँपालिकाको सभाहलमा हुँदैछ ।
हात्तीपाइले रोग सम्बन्धी कार्यक्रमः
मायादेवी गाउँपालिका (कपिलवस्तु) स्वास्थ्य शाखाको आयोजनामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरुको अभिमुखीकरण कार्यक्रम पकडी स्वास्थ्य चौकीको सभाहलमा हुँदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.