सहयोग हस्तान्तरण कार्यक्रमः
लायन्स क्लव अफ सिद्धार्थनगर होलिसिटीको आयोजनामा मृगौला प्रत्यारोपणको तयारीमा जुटेकी कञ्चन गाउँपालिका वडा नम्बर ५, रुद्रपुरकी २५ वर्षिय आयुषा पाण्डेलाई सिघ्र स्वास्थ्य लाभको शुभकामना सतिह सहयोग हस्तान्तरण कार्यक्रम बिहाज ८।३० बजे होटल पौवा भैरहवामा हुदैछ ।
हात्तीपाईले रोग बिरुद्ध औषधि वितरण कार्यक्रमः
मायादेवी गाउँ पालिका (कपिलबस्तु) स्वास्थ्य शाखा पकडीको आयोजनामा गाउँपालिका अन्तरगतका सवै ८ वटै वार्डहरुमा हात्तीपाईले रोग बिरुद्धको औषधि खुवाउने एवं वितरण कार्यक्रम आज वाट सुरु हुदैछ ।
क्यालेण्डर बिमोचन कार्यक्रमः
नेपाल बहुमुखी सहकारी सस्था लिमिटेड भैरहवा द्धारा प्रकाशित २०७८ सालको वार्षिक क्यालेण्डर बिमोचन कार्यक्रम आज बेलुका सहकारीको कार्यालय बर्मेलीटोलमा हुदैछ ।
परीचयात्मक कार्यक्रमः
प्रेस युनियन रुपन्देही द्धारा पत्रकार महासंघ रुपन्देहीको निर्वाचनमा युनियनको तयारी र उम्मेदवार परीचयात्मक कार्यक्रम बुटवल योगीकुटी स्थित होटल दरवार लनमा बिहान ११ वजे हुदैछ ।
तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ
Get real time update about this post categories directly on your device, subscribe now.