पत्रकार सम्मेलनः
जिल्ला प्रशासन कार्यालय रुपन्देही द्धारा पत्रकार सम्मेलन एवं परिचयात्मक कार्यक्रक्रम प्रशासन कार्यालय भैरहवामा बिहान ११ बजे हुदैछ ।
कृषि अवलोकन भ्रमणः
टुगा आस्था विकास तथा बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा कृषि अवलोकन भ्रमण आज हुदैछ ।
क्षमता विकास तालिमः
ओमसतिया गाउँपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा आज बसन्तपुर रुपन्देहीमा क्षमता विकास तालिम आयोजना हुदैछ ।
सम्मान कार्यक्रमः
गैडहवा गा.पा.५ नम्बर वडा कार्यालयको आयोजनामा गाउँपालिकाको ५ नम्वर वडा कार्यालय गिदहिया विष्णुपुरामा आज जेष्ठ नागरिक,एकल महिला, शारिरीक अशक्त लगायतलाई सम्मान कार्यक्रम हुदैछ ।
पूर्ण खोप वडा घोषणा कार्यक्रमः
मायादेवी गाउँपालिका (कपिलबस्तु) वडा खोप समन्वय समिति फुलिका कपिलवस्तुको आयोजनामा फुलिका स्वास्थ्य चौकीमा पूर्ण खोप घोषणा कार्यक्रम आज हुदैछ ।
तेक्वान्दो छनौट प्रतियोगिताः
१२ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका लागि रुपन्देही जिल्ला स्तरीय तेक्वान्दो छनौट प्रतियोगिता रुपन्देही जिल्ला खेलकुद विकास समितीको आयोजनामा आज भैरहवामा हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.