- भैरहवा ।
सिद्धार्थनगर नगरपालिकाको असार १० गते सुरु भएको ११औं नगरसभा स्थगित भएको छ । सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीका अनुसार असार १० गते ११औं नगरसभा सुरु भई सोही दिन आ.व. २०७९÷०८० का लागि नीति तथा कार्यक्रम र बजेट आएको थियो । १३ गते तेस्रो बैठक बसी अगामी बैठक असार २७ गते फेरी बस्ने गरी स्थगित भएको हो ।
३ वटा बैठकले नीति तथा कार्यक्रम, अर्थ विधेयक, वार्षिक बजेट पारित गरेको छ । अन्य केही प्रतिवेदनहरु पारित हुन बाँकी रहेका छन् । सिद्धार्थनगरको नगरसभामा नेकपा एमाले र राप्रपाको बहुमत छ । बहुमतमा रहेका एमाले र राप्रपाका जनप्रतिनिधिहरु नगर सभा समयमै सम्पन्न गर्ने भन्दा पनि विभिन्न बहाना बाजी गर्दै अल्पमतमा रहेका नगरप्रमुख इस्तियाक अहमद खानलाई असफल तुल्याउने योजनामा लागेका कारण नगरसभा समयमै सम्पन्न हुन नसकेको हो । नगरसभामा एमाले र राप्रपाबाट चेपुवामा पारिएका नगरप्रमुखले नगरसभालाई स्थगित गर्दै २७ गतेलाई नगर सभाको अर्काे बैठक बस्ने दिन घोषणा गरेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.