- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
लायन्स क्लब अफ भैरहवा लिगेसीको आयोजनामा यहि कार्तिक १७ गतेदेखि भैरहवामा प्रथम सिद्धार्थनगर साFस्कृतिक मेला २०७९ आयोजना हुने भएको छ । भैरहवाको गल्लामण्डिमा कार्तिक १७ देखि मेला आयोजना हुने आयोजकले आज भैरहवामा पत्रकार सम्मेलन गरि जानकारी गराएका छ्न् । मेलामा बिबिध साँस्कृतिक कार्यक्रम साथै विभिन्न वस्तुहरु सहितको ५० वटा स्टल रहनेछ्न । मेलामा फुड स्टल, कुस्ती, डान्स आइडल साथै दैनिक रुपमा चिनी रोग (सुगर) परिक्षण निःशुल्क हुने क्लबका अध्यक्ष रबिकान्त उपाध्यायले बताए ।
मेलामा स्वदेशी तथा भारतीय भोजपुरी गायन कलाकारहरुको प्रस्तुति हुने क्लबका वरिष्ठ उपाध्यक्ष एव् मेला संयाेजक राजन शुक्लाले बताए ।
गल्लामण्डी स्थित श्रीराम जानकी हनुमान मन्दिरको प्राङ्गणमा हुनेछ। पत्रकार सम्मेलनमा लायन्स क्लब डिस्टृक ३२५ पिका कोषाध्यक्ष बिनोद खरेल, एरिया चिफ सङ्गम न्यौपाने, लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष दिपेश पछाइ, संस्थाका सचिव नारायण कोइराला लगायतले बोलेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.