- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
स्वर्गद्धारी घाट, भैरहवा र वरपरका क्षेत्रका मानिसहरुको मृत्यु पश्चात गरिने अन्तिम कार्य हुने पबित्र स्थल हो । २०७६ सालमा सो घाटमा एभरेष्ट बैंकले वातावरण मैत्री शवदाह गृह निर्माण गरी सिद्धार्थनगरपालिका लाई जिम्मा लगायो । तत्कालीन ५ नं प्रदेश ( हाल लुम्बिनी प्रदेश ) का मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गरे । बेला बेला मरम्मत सम्भार गर्नु पर्ने, पार्टपुर्जा फेर्नु पर्ने हुन्छ, त्यसो गर्न नसक्दा काम गर्न सक्दैन् । अहिले त्यस्तै भएको छ । स्वर्गद्धारी घाटको बाताबरणमैत्री शबदाह स्थल बिग्रेको छ । बिग्रेको शवदाह गृहले सेवा दिन सकि रहेको छैन । मरमत गरी पुन सञ्चालन गर्नु पर्नेमा सिद्धार्थनगर नगरपालिकाको ध्यान त्यस तर्फ जान सकेको छैन् । नगरपालिका, वडा कार्यालयको ध्यान त्यसतर्फ जान नसके पछि त्यसै थन्किएको शबदाह गृह मरमत गर्न आग्रह गर्दै भैरहवा मर्निंग वाक ग्रुपका सस्थापक अध्यक्ष बिजय गोबिन्द श्रेष्ठले सिद्धार्थनगर नगरपालिकाको ध्यान आकृष्ट गरेका छन् । श्रेष्ठले ‘टुहुरो शवदाह गृह’ शिर्षक राख्दै सामाजिक सञ्जाल फेसबुकमा मंगलबार लेखेका छन् । उन्को भनाई जस्ताको तस्तै तल प्रस्तुत छ, सिद्धार्थनगर नगर पालिकाको ध्यान पक्कै पनि जाने छ । ‘टुहुरो शवदाह गृह’
वि सं २०७६ कार्तिक २९ गते शुक्रवारका दिन सिद्धार्थनगर नगरपालिका भैरहवा वडा नं १२ स्थित स्वर्गद्वारी घाटमा एभरेष्ट बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत निर्मित वातावरण मैत्री ( प्रदूषण रहित ) शवदाह गृह तत्कालीन ५ नं प्रदेश ( हाल – लुम्बिनी प्रदेश ) का मुख्यमन्त्री शंकर पोखरेलज्यूबाट समुद्घाटन सम्पन्नभई सिद्धार्थनगर नगरपालिका भैरहवालाई हस्तान्तरण गरिएको थियो । तर हस्तान्तरणपछि पटकौं पटक बिग्रेर शवदाह गृहले सेवा दिन सकि रहेको छैन ।
मुख्यमन्त्रीज्यू नेता हुनु भयो ! उद्घाटन गर्नु भयो ! त्यसपछि वहाँलाई मतलव रहने कुरै भएन ।
एभरेष्ट बैंकले शवदाहगृह निर्माण निर्माण गरेर हस्तान्तरण गरे पछि फर्केर हेर्ने कुरा भएन । हामीहरूको चलन नै यस्तै छ ।
आफूले निर्माण गर्ने हिम्मत नभएको तर सित्तैमा उपहार पाएको शवदाह गृह राम्ररी संचालन गर्नु पर्ने कर्तव्य र दायित्वबाट सिद्धार्थनगर नगरपालिका किन विमुख छ ? नगरबासीका आवष्यक्ता पूरा गर्नु सि न पा को धर्म हैन र ?
सि न पा लाई सुझाव–
दुनियाँभरका गेट र महलहरू बनाउन रकम भएको तर शवदाह गृह मर्मत गर्न रकम नभएको हा भने सि न पा मा हामी ६७ हजार जनसंख्या छौं,प्रत्येकसँग १००/१०० रूपैयाँ चन्दा माग गरौं ६७ लाख हुन्छ त्यही रकमबाट मर्मत गरौं ।
बिचरा टुहुरो शवदाह गृह !
भैरहवा मर्निङ्वाक ग्रुप
BMG
Get real time update about this post categories directly on your device, subscribe now.