- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
सिद्धार्थनगर नगर पालिका कार्यालय नजिकै रहेको सिद्धार्थ ज्ञान मन्दिर पुस्तकालय बन्द भएको लामो समय बित्दा पनि पुनह खुल्न सकेको छैन् । पुस्तकालय बन्दहुदा अध्ययन गर्नेहरु धेरैलाई मर्का परेको छ । बिगत ३ वर्ष देखि बन्द रहेको पुस्तकालय खोल्न तत्कालिन नगर प्रमुख हरी अधिकारी संग धेरै आग्रह गरे पनि कोरोना भाईरसको जोखिम लगायतका कारण देखाउदै खोलिएको थिएन् । पछि कोरोनाको जोखिम कम हुदा पनि खोल्ने प्रयत्न भएन् ।
नवनिर्बाचित नगर प्रमुख इश्तियाक अहमद खान आए पछि पुस्तकालय सञ्चालनमा आउने युवा, बिद्यार्थी, एवं बौद्धिक बर्गको अपेक्षा थियो । तर अझै पनि नखुलेको पुस्तकालयलाई तत्काल सञ्चालनमा ल्याउन सबैले नगरपालिकाको ध्यानाकृष्ट गरेका छन् ।
यसै क्रममा बौद्धिक तथा जेष्ठ नगरबासीहरुको समुह भैरहवा मर्निंग वाक गु्रपले तत्काल पुस्तकालय खोल्न माग गरेको छ । गु्रपका सस्थापक अध्यक्ष एवं साहित्यकार बिजय गोबिन्द श्रेष्ठले सामाजिक सञ्जाल मार्फत तत्काल ज्ञानको भण्डारका रुपमा रहेको पुस्तकालय खोल्न माग गरेका छन् ।
श्रीन्यूज ओके संग कुरागर्दै श्रेष्ठले पुस्तकालय तत्काल खोल्न नगरपालिकाले पहल गर्नु पर्ने र नखोलिए आफु बन्द रहेको पुस्तकालय खोलाउन माग गर्दै जिल्ला अदालतमा जाने तयारीमा रहेको बताएका छन् ।
यस अघि स्वर्गद्धारी घाटका बारेमा पनि ग्रुपले नगरपालिकाको ध्यायाकर्षण गराएको थियो । आशा गरौ पुस्तकालय छिटै खुल्नेछ ।
पुस्तकालय खोल्न माग राख्दै भैरहवा मर्निंग वाक गु्रपका सस्थापक अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा राखेको सामग्री तल प्रस्तुत गरीएको छ ।
ज्ञानको मन्दिर पुस्तकालय बन्द गर्ने अधिकार
सि न पा ले कहाँबाट पायो ?
वि सं २००७ सालमा भैरहवा मालटोल निवासी राइटर भगवान् दास अमात्यज्यूद्वारा जनता पुस्तकालय नामकरण गरी संचालनमा ल्याइएको पुस्तकालय वि सं २०१४ मा वहाँको अवसानपछि भैरहवा हाइस्कुल (२००९) ले आफ्नो संरक्षणमा लियो र देवकोटा पुस्तकालय नामकरण गरी स्कुलकै परिसर भित्र संचालन गरिरह्यो । वि सं २०३२ भैरहवा हाइस्कुलबाट तत्कालीन भैरहवा नगरपञ्चायत (२०२४) ले आफ्नो संरक्षणमा लिएर वि सं २०३४ मा भैरहवा नगरपञ्चायतलाई सिद्धार्थनगर नगरपञ्चायत नामकरण गरिएपछि पुस्तकालयको नाम पनि सिद्धार्थ ज्ञान मन्दिर पुस्तकालय राखियो ।
वि सं २००७ साल राणाकालदेखि नियमित रूपमा संचालित पुस्तकालय वि सं २०७६ भदौ २० गतेदेखि कोभिड–१९ को निहुँमा बन्द गरिएको पुस्तकालय आज सम्म पनि बन्दको बन्दै छ ।
पुस्तकालयमा स्थानीय दैनिक एवम् साप्ताहित पत्रपत्रिकाहरू
राष्ट्रियस्तरका दैनिक , साप्ताहिक पत्र पत्रिकाहरू
साहित्यिक , मनोरञ्जनात्मक पत्र पत्रिकाहरू समेत हजारौं ज्ञानबर्द्धक पुस्कहरू सङ्ग्रहित छन् ।
नियमित पाठकहरू पनि छन् ।
प्रत्येक्ष सरस्वतीको मन्दिर अर्थात ज्ञानको मन्दिर “ सिद्धार्थ ज्ञान मन्दिर पुस्तकालय (२००७) “ बन्द गर्ने अधिकार सिद्धार्थनगर नगरपालिका भैरहवाले कहाँबाट प्राप्त ग–यो ? के भैरहवाका जनतालाई जानकारी पाउने अधिकार पनि छ ?
जनताका नैसर्गिक अधिकार खोस्ने यस्ता नगरपालिकालाई कारवाही गर्ने निकाय यो देशमा छ कि छैन ? कसैबाट जानकारी पाउने आशा गर्न सकिन्छ ?
भैरहवा मर्निङ्वाक ग्रुप ( BMG )
वि सं २०७९ कार्तिक २० गते आइतवार
Get real time update about this post categories directly on your device, subscribe now.