मनोरञ्जन शर्मा,भैरहवा
सिद्धार्थ उद्योग वाणिज्य संघको फागुन १९ र२०गते हुने ६३ औं वार्षिक साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन समेत हुने भएपछि अहिले भैरहवा क्षेत्रका उद्योगी व्यवसायी निर्वाचनको तयारीमा जुटेका छन् ।
अध्यक्ष लगायतका पदमा आफ्नो दावेदारी प्रस्तुत गर्दै आन्तरिक रुपमा भोट माग्दै कतिले सामाजिक सञ्जालमार्फत आफनो आकांक्षा मात्रै होईन उम्मेदवारनै रहेको प्रस्तुत गरिरहेका छन् ।
वार्षिक साधारण सभाले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, २ उपाध्यक्ष, कर्पोेरेट उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला सदस्य २(उद्योग वाणिज्य), खुल्ला तर्फ वाणिज्य सदस्य १०, उद्योग सदस्य ५, एशोसियट सदस्य २, बस्तुगत सदस्य १ निर्वाचित गर्ने संघका वर्तमान अध्यक्ष भिष्म न्यौपाने(सर्बज्ञ)ले बताए ।
अहिले पदाधिकारी सहित सदस्य पदमा उम्मेदवारका रुपमा आफुहरुलाई आकांक्षीका रुपमा देखाउन व्यवसायीले सुरु गरेका छन् । जति जति साधारण सभाको तिथि नजिक आउँदैछ, व्यवसायीहरु तात्दैछन् निर्वाचनका लागि ।अहिले अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई सर्वसम्मत बनाउने प्रयास भइरहेको छ ।
बि.स. २०६०मा साधारण सदस्य हुदै कार्य समिति सदस्य कोषाध्यक्ष, वाणिज्य उपाध्यक्ष र अहिले वरिष्ठ उपाध्यक्ष भएका हुन् ।अध्यक्ष पदमा आफु स्वभाविक रुपमा रहेको र वरिष्ठ उपाध्यक्ष पछिको एक मात्र पद अध्यक्ष भएकाले सबैले आफुलाई सहज रुपमा लिने विश्वास श्रेष्ठको छ । मैले २०६० सालमा पहिलो पटक कार्यसमिति सदस्य भए देखि वरिष्ठ उपाध्यक्ष रहदा सम्म कार्यसमितिको कुनै पनि बैठक छुटाएको छैन, र म उद्योग व्यवसाय प्रबद्र्धन एवं सम्बद्र्धनमा जहिले पनि लाग्दै आएको छु, लाग्छु र लागि रहनेछु श्रेष्ठले भने ।
अध्यक्ष पदमा अन्य आकांक्षीहरु त्यति खुलेर आएको पाईएको छैन् । चर्चामा डा. शान्त कुमार शर्मा र बर्तमान कर्पोरेट उपाध्यक्ष अरुण गोयनका छन् । तर प्रष्ट रुपमा आएका छैनन् । उता बर्तमान महासचिव विजय पाण्डेको नाम अध्यक्ष पदमा चर्चामा आएको छ । बजारीया हल्ला तपाईले सुनेको साचो हुन सक्छ, म अहिले यो विषयमा केही बोलिन, महासचिव पाण्डेले भने ।
उता वरिष्ठ उपाध्यक्षका लागी बर्तमान वाणिज्य उपाध्यक्ष नेत्र प्रसाद आचार्यको नाम चर्चामा छ । आफु आकांक्षी मात्र होईन उम्मेदवारनै हुने र सबैको सहयोगले वरिष्ठ उपाध्यक्षमा आउने आचार्य बताउछन् । वरिष्ठ उपाध्यक्षमा अन्य आकांक्षीको नाम आएको छैन ता पनि वर्तमान सदस्य एवं पर्यटन व्यवसायी सञ्जय बजिमयले वरिष्ठ उपाध्यक्ष पदमा आफनो दावी रहेको बताएका छन् ।
त्यसै गरी वाणिज्य उपाध्यक्षमा बर्तमान कोषाध्यक्ष गोबिन्द ज्ञवालीको चर्चा रहेको छ । यद्यपी ज्ञवालीले अहिले सम्म कुन पदमा उठने भनेर कुनै प्रतिकृया दिएका छैनन् । महिला महिला वाणिज्य तर्फ बर्तमान कार्यसमिति सदस्य यमकला न्यौपानेले बाणिज्य उपाध्यक्ष पदमा आफु आकांक्षी रहेको र उम्मेदवारी दिने बताएकी छिन् ।
त्यसै गरी उद्योग उपाध्यक्षमा वर्तमान उपाध्यक्ष दिलिप कान्दु र बर्तमान सदस्य हरी थापाले आकांक्षा जताईसकेका छन् । दुबैले उम्मेदवारी दिने बताउदै आन्तरिक गृहकार्यमा जुटीसकेको जनाएका छन् ।
बर्तमानमा कर्पोरेट उपाध्यक्ष रहेका अरुण गोयनकाले अध्यक्ष पदमा आकांक्षा देखाउदै उम्मेदवार हुने बताएका छन् । कर्पोरेट उपाध्यक्षमा फेरी गोयनका दोहोरीने हुन की भन्ने थियो । तर अध्यक्षको आकांक्षी रहेको र अन्यपदमा मन नडुलाएको हुुदा कर्पोरेट उपाध्यक्षमा बर्तमान एशोसियट सदस्य रोहित अग्रवालले आकांक्ष देखाउदै उम्मेदवारी दिने बताएका छन् ।महासचिबमा वर्तमान सचिव दिपेन्द्र प्रधान सहित वर्तमान सदस्य कृष्ण प्रसाद घिमिरे र गोपाल भण्डारीले आकांक्षा गरेका छन् । तिनै जनाले आफनो उम्मेदवारी रहने दाबी गरेका छन् ।
त्यसै गरी सचिवमा बर्तमान सदस्य मंगल भण्डारी साथै वर्तमान सदस्य धरमबिर शर्मा र भुवन कान्दुले आकांक्षा देखाउदै उम्मेदवारी दिने बताएका छन् ।
कोषाध्यक्षमा बर्तमान सदस्यहरु गौरब श्रेष्ठ, कमल मरासीनी साथै गंगाधर अग्रहरी र रबि श्रेष्ठले आकांक्षा देखाउदै प्रचारमा अहिलेबाटनै जुटेका छन् ।सह कोषाध्यक्षमा बर्तमान सदस्यहरु सञ्जय बेरीवाल र पल्लभी न्यौपानेले आकांक्षी रहेको जनाउदै उम्मेदवारी दिने निर्णय गरेको वताएका छन् ।
अध्यक्ष देखि सह कोषाध्यक्ष सम्म सबै पदमा निर्विरोध बनाउन अहिले वर्तमान पदाधिकारी देखी पुर्ब अध्यक्षहरु लागेका छन् । यद्यपी त्याग गर्न कोही तयार छैनन् । ता पनि अन्तिम समय सम्म सहमती बनाएर निर्विरोध बनाउने प्रयास भैरहने बताइएको छ ।
सबैभन्दा बढी आकांक्षीहरु सदस्य पदमा देखिएका छन् । वाणिज्य तथा उद्योग सदस्यमा पुराना अनुहारहरुनै बढी छन् । वाणिज्य तर्फ बर्तमान सदस्यहरु प्रमोद रिजाल, अभिनव मयुर कशौधन, अर्जुन कार्की, हरिश सेठियाले उम्मेदवारी दिने बताएका छन भने धर्मराज आचार्य, ,जवाहिर अग्रहरी, दिनेश अमात्य, बिशाल जैसवाल,बिरेन्द्र ज्ञवाली, बिजय अधिकारी, ले पनि उम्मेदवारी दिने जनाएका छन् । बर्तमान कार्यसमिती सदस्य प्रितम रौनीयार भने बस्तुगत तर्फबाट सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् ।
त्यसै गरी उद्योग सदस्यमा बर्तमान सदस्यहरु रमेश घिमिरे, रचना क्षेत्रीले उम्मेदवारी दिने बताएका छन भने राजु न्यौपाने, ओम जैसी, पुरषोत्तम लम्साल, कमल ज्ञवाली, उमा शंकर मिश्रा आकाक्षी रहेका छन् । महिला सदस्यमा बिष्णु माया शर्मा, मिना पन्थीले पनि महिला सदस्य पदमा उम्मेदवार दिने बुझिएको छ । त्यसै गरी एशोसियट सदस्यमा बिकाश गोयनका आकांक्षी रहेका छन् । गोयनका बर्तमान एशोसियट सदस्य समेत हुन् । अर्का एशोसियट सदस्य रोहितले कर्पोरेट उपाध्यक्षमा आकांक्षा रहेको बताउदै उम्मेदवारी दिने जनाईसकेका छन् । एशोसियट सदस्यमा २ जना निर्वाचित हुनेछन् यो पदमा बिकाश बाहेक अन्यको आकांक्षा देखीएको छैन् ।
Get real time update about this post categories directly on your device, subscribe now.