- श्री न्यूज ओके रिपोर्टर
भैरहवा, १५ असार ।
लायन्स क्लब अफ सिद्धार्थनगरको नव निर्मित सभाहलको समुद्घाटन भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा रहेको क्लबको सचिवालय भवनको माथिल्लो तलामा रहेको नव निर्मित सभाहलको लायन्स क्लब इन्टरनेसनल डिस्टिक ३२५ पि का गभर्नर नवराज न्यौपानेले समुद्घाटन गरे । सभाहलको स्व. ओमनाथ सावित्री न्यौपाने कक्षको समुद्घाटन गर्दै गभर्नर न्यौपानेले क्लबले यस क्षेत्रमा स्वास्थ, शिक्षा, सामाजिक क्षेत्र लगायतमा खेलेको भूमिका उत्कृष्ट भएको बताए । गभर्नर न्यौपानेले सभाहल निर्माणमा सानैरुपमा भए पनि सहयोग गर्न पाएकोमा गर्व लागेको बताए ।
समुद्घाटन कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष चन्द्र थापाले आफ्नो कार्यकालमा सभाहल बनाउने योजना रहे अनुसार निर्माण सम्पन्न भएको बताउँदै सहयोगी सबैमा आभार प्रकट गरे । सभाहल निर्माण समितिका संयोजक कमल ज्ञवालीले समयमै निर्माण सम्पन्न गर्न सबैले हातेमालो गरेकोले सम्भव रहेको बताए ।
सो अवसरमा इलेक्ट गभर्नर अर्जुन मान सैजु, फस्ट भिडिजी पुरुसोत्तम भक्त प्रधानाङ्ग, डिस्ट्रीक सेक्रेटरी सन्दिप कसौधन, डिस्टिक को–चिफ एड्भाइजर ओम कुमार श्रेष्ठ, लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष एवम् जोन चेयरपर्सन नेत्र प्रसाद आचार्य, लायन्स क्लब अफ भैरहवा ग्रीन सिटिका अध्यक्ष श्रीरायमाझी लगायतले सभाहल निर्माणले कार्यसम्पादनमा मद्दत पुग्ने बताए । सभाहल निर्माणमा १५ लाख रुपैयाँ खर्च भएको क्लबका सचिव उमेश थापा मगरले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.