- श्री न्यूजओके रिपोर्टर
भैरहवा, (१२ भाद्र) ।
प्रहरीले मायाँदेवी गाउँपालिका वडा नं. ६ बेथरीबाट ठूलो परिमाणामा विभिन्न किसिमको काठको माला बरामद गरेको छ । सोमबार राती जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनीबाट काठमाडांै तर्फ जाँदै गरेको रात्री बसमा ३७४२ पिस काठको माला बरामद गरेको हो ।
लुम्बिनी सांस्कृति नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३८ को हरिराम हरिजनले चलाएको लु २ ख २१२० नं. को बसमा बाँया साइडको डिक्कीमा लुकाई छिपाई राखिएको अवस्थामा सो माला फेला परेको हो । सो माला लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ बस्ने वर्ष २९ को धिरज कुमार कुर्मीले ल्याएको प्रहरीले जनाएको छ । बरामद मालाहरु, बस चालक र माला धनिलाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको प्रहरिले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.