श्रीन्यूज ओके रिपोर्टर
भैरहवा– हिरो मोटरसाइकलको लागि भैरहवा क्षेत्रको आधिकारिक बिक्रेता युनाइटेड बिजनेश कर्प प्रालिले हिरोको एक्सट्रिम १६० आर फोरभी र एक्सट्रिम १२५ आरको भैरहवामा बिक्री तथा प्रबर्द्धन सुरु गरेको छ । कम्पनीले युवाहरूलाई लक्षित गर्दै यो दुई सिरीजका बाईकहरु सार्वजनिक गरेको हो । देशैभर सार्वजनिक गर्दै बिक्री प्रबर्द्धन सुरु भएको यो बाइक बजारमा नआउँदै धेरै युवाले बुकिङ गरेको र पहिलो दिन ३ युवाले खरीद गरेको युनाइटेड बिजनेश कर्पका अध्यक्ष नन्दलाल यादवले बताए ।
आरामदायी यात्राका लागि डिजाइन गरिएको यो बाईक स्पोर्टी राइडरका शौखीनहरुलाई अझ आकर्षित गर्ने उनले बताए । हिरोका यि दुई भेरियन्टको मूल्य एक्सट्रिम १६० आर फोरभी (प्रो) कोरु. ३,८४,९०० र एक्सट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २,८९,९०० रुपैया र एबीएस भेरियन्टका लागि ३,११,९०० रुपैया रहेको युनाईटेड बिजनेश कर्पका सञ्चालक दिपेन्द्र यादवले बताए । यो सिरीजको बाईक १८ वटा बुकिंग भएको उनले बताए । उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, आफ्नो श्रेणीकै सबैभन्दा तिब्र गतिको मोटरसाइकल भएको यादवले दावी गरे ।
यसलाई अझ उच्च स्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्सले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्ने उनको भनाई छ । “१४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ । यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ ।” यादवले भने एक्सट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगरफेन्डर पनि उपलब्ध रहेको छ ।”
सार्बजिनक कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कंडेलले मोटरसाइकल विक्रि मात्र नभई बिक्री पछिको सुविधामा पनि ध्यान दिन बिक्रेतालाई आग्रह गरे । कार्यक्रममा सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँन, हिरो मोटो कर्पका हर्ष लिम्बाचिया, लुम्बिनी प्रेस क्लबका कमल रायमाझी लगायतले नयाँ बाइकको बारेमा धारणा राखेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.