श्रीन्यूज ओके रिपोर्टर
भैरहवा –लुम्बिनी प्रेस क्लबले आज स्थापनाको १० औं वर्ष पुरा गरेको छ । २०७२ साल पुष १४ गते क्लबको स्थापना भएको हो । स्थापना भएको दिनलाई स्मरण गर्दै क्लबले प्रत्येक वर्ष कार्यक्रम गरी स्थापना दिवस मनाउँदै आइरहेको र यस वर्ष पनि बिभिन्न कार्यक्रम गरी मनाइरहेको क्लबका अध्यक्ष कमल रायमाझीले बताए ।
स्थापना दिवसका दिन मुख्य कार्यक्रम भैरहवा स्थित पौवा होटलमा आयोजना हुदैछ । कार्यक्रममा सरकारी, गैरसरकारी निकाय, उद्योगी, व्यवसायी, नागरिक समाज, सुरक्षा निकाय, बिभिन्न संघसस्था, बिद्याथी, सञ्चारकर्मी लगायतको उपस्थित हुने जनाईएको छ । स्थापना दिवसमा बिभिन्न पुरस्कार प्रदान गरिने छ । क्लबले यस वर्ष स्थापना दिवसको अवसर पारी फुटसल प्रतियोगिता, भैरहवा देखि लुम्बिनी सम्म बौद्ध संचारयात्रा, ध्यान शिबिर लगायतका कार्यक्रम आयोजना गरेको संस्थाका महासचिव प्रकाश न्यौपानेले बताए ।
भैरहवा र वरपरका क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरू भैरहवामा कुनै साङ्गठनिक संस्था नभएको सन्दर्भमा संस्थाको स्थापना भएको हो । २०७२ सालको तिहारमा भैरहवा क्षेत्रमा क्रियाशील सञ्चारकर्मीहरू देउसी भैलो कार्यक्रम आयोजना गरी बचत भएको रकमको कसरी सदुपयोग गर्ने भन्ने विषयमा छलफल गर्न देवकोटा चोक स्थित होटल सिटी सेन्टरमा भएको भेलाले क्लब खोले र क्लबको नाम लुम्बिनी प्रेस क्लब राख्ने निर्णय गरेको थियो । क्लबका संस्थापक अध्यक्ष बरिष्ठ पत्रकार माधव ढुङ्गाना हुन् । क्लबको मुख्यालय मायादेवी गाउपालिका वडा नम्बर ८ लुम्बिनी रोडमा रहेको छ । क्लबको ३ तले आफ्नै भवन छ । क्लबमा भैरहवा र वरपरका गरी ४० बढी सञ्चारकर्मी आबद्ध छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.