मनोरञ्जन शर्मा
भैरहवा– चाडबाडमा मात्रनभई रङ्गहरूको उत्सवका रुपमा रहेको फागु पर्व अर्थात होलीमा प्रयोग हुने अबिर लगायतका रङ्गहरूको उत्पादन स्वदेशमा नहुँदा भारतबाटै आयात गरी पर्व मनाउनु पर्ने बाध्यता रहेको छ ।
अबिर, केसरी मात्र नभई अबिरजन्य बिभिन्न थरीका रङ्गहरू र होलीमा प्रयोग हुने पिचकारी, लगायतका सामग्रीहरूको उत्पादन नेपालमा नहुँदा वार्षिक त्यसका लागी करोडौँ रुपैयाँ विदेशिने गरेको छ । होली तथा अन्य धार्मिक कार्यमा प्रयोग गरिने अबिर, केसरी लगायतका सामग्रीका लागी भारतीय उत्पादनमै निर्भर रहनु पर्ने बाध्यता अझै पनि नेपालमा रहेको छ ।
नेपालमा त्यति धेरै खपत पनि नहुने र चाडपर्व र होलीका समयमा मात्र माग बढी हुने र खपत कम हुने भएकाले व्यवसायीहरू यसको उद्योग राखी उत्पादन गर्न त्यति इच्छुक नभएको पाइएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका कर्पोरेट उपाध्यक्ष रोहित अग्रवालले बताए ।
बर्स भरी मनाइने बिभिन्न पर्ब तथा होली र दैनिक घरमा पूजाका लागी सामान्य प्रयोगमात्र हुने भएकाले नेपालमा यो उद्योग सञ्चालन गर्न उद्योगीहरू उत्साहित बन्न नसकेको हो । खपत कम हुने र बढी खपत होलिमा मात्रै हुने भएकाले पनि करोडौँ खर्चेर अबिर, केसरी बनाउने उद्योग सञ्चालनमा कसैले सोच नबनाएको अग्रवालको भनाई छ ।
अबिर केसरी लगायतका सामग्रीको उत्पादन नेपालमा नहुने भएकाले नेपाली ब्यापारीहरूले भारतबाट आयात गर्ने गरेका छन् । सिजनमा मात्र बढी चल्ने उद्योग सञ्चालन गरेर ब्यबसायमा नोक्सानी कसैले नचाहने भएकाले पनि अबिर,केसरी जन्य बस्तुको उत्पादन स्वदेशमा नभएको हो ।
होलिमा अबिर र रङ्ग तराईमा बढी प्रयोग हुन्छ र तराईका प्राय सबै ठूला शहर बजार भारतीय बजार सँग सटेका छन् र अधिकांश अबिर सामग्री उतैबाट खरीद गरी आउने भएको र भारतीय उत्पादन सँग प्रतिष्पर्धा गर्न पनि नसकिने भएकाले यो उद्योग तर्फ सोच नबनाएको व्यवसायीको धारणा छ । अहिले रूपन्देहीका बजार बजार चोक चोकमा अबिर बिभिन्न रङ्गमा, पिचकारी बेलुन लगायतका सामग्री बिक्रीका लागी राखिएका छन् । नेपालमा अबिर, केसरी, पिचकारी, बेलुनको उत्पादन नहुने भएकाले भारतबाट आयात गर्नु पर्ने बाध्यता रहेको व्यवसायी संभुनाथ केशरीले बताए । पछिल्लो केही बर्ष देखि चाइनिज पिचकारी र बेलुन समेत बजारमा आउने गरेका छन् ।
भारतीय भन्दा सस्तो र राम्रो र टिकाउ हुने भएकाले उपभोक्ताले मन पराउन थालेको केसरवानीको भनाई छ । अबिर, केसरी लगायत अन्य रङ्गहरूको नेपालमा माग पर्व र होलिका समयमा हुने गरेको छ । नेपालमा यी सामग्रीहरू नपाइने हुँदा भारतबाट आयात गरी नेपालमा बिक्री हुने गरेको छ । प्राय व्यवसायीहरूले दिल्लीबाट अबिर लगायतका सामग्री ल्याएर बिक्री बितरण गर्ने गरेका छन् । यस पटक काठमाण्डु लगायत पहाडी जिल्लामा होली पर्व (फागु पूर्णिमा बिहीबार मनाइयो भने तराईका जिल्लामा आज (शुक्रबार) मनाइदैछ ।
Get real time update about this post categories directly on your device, subscribe now.