श्रीन्यूज ओके रिपोर्टर
भैरहवा–स्वास्थ्यको लागी हिङाइ भन्ने मुख्य उद्देश्य राख्दै स्थापना भएको भैरहवा क्षेत्रको सकृय सामाजिक सस्था जगर्श ग्रुपले नववर्ष विक्रम सम्वत् २०८२को शुभकामना आदान प्रदान एवं वार्षिक भित्तेपात्रो विमोचन कार्यक्रम आयोजना गरेको छ । भैरहवामा आयोजित कार्यक्रममा भित्तेपात्रो विमोचन गर्दै प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले स्थापना कालदेखिनै बिभिन्न रचनात्मक कार्यगर्दै आएको जगर्श ग्रुपले सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेको बताए ।
उनले भने यो संस्था स्थापनाकालदेखि नै सामाजिक सेवा भावका साथ अगाडि बढेको एकदमै गर्विलो संस्थाका रुपमा छ, ’, वर्ष २०८२ लाई स्वर्णिम वर्षको रुपमा मनाउने गरी काम गरेको सुन्न पाइयोस्, ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जगर्शले धेरै सामाजिक कार्य गर्दै आएको बताउँदै निरन्तरता दिन आग्रह गरे । जगर्शका संस्थापक एवं संरक्षक हरीचन्द्र श्रेष्ठले जगर्शले वार्षिक भित्तेपात्रो प्रकाशित गरी खर्च कटाई बचेको पैसाले थप सामाजिक कार्य गर्ने जनाए । जगर्श ग्रुपका अध्यक्ष प्रियबन्धु न्यौपानेले संस्थाले पहिलोपटक क्यालेण्डर प्रकाशन तथा विमोचन गरेको बताए । उनले स्थापनाकालदेखि नै संस्थाले रचनात्मक कार्य गर्दै आएको जनाउदै हाल जगर्शमा ५३ जना सदस्यहरू आबद्ध रहेको बताए । पूर्व अध्यक्ष विकास सेनले संस्थाले सदस्यहरूको स्वास्थ्यका लागी हिडाई सँगै सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्दै आएको जनाए ।
भित्तेपात्रो प्रकाशन समितिका संयोजक राजु न्यौपानेले पहिलो पटक भित्तेपात्रो प्रकाशन गरिएको र सबै शुभकामना विज्ञापन सदस्यहरूको व्यवसायीक प्रतिष्ठानबाट सङ्कलन गरिएको जनाउदै बचत पैसा सामाजिक क्षेत्रमा खर्च गरिने बताए । भित्तेपात्रो प्रकाशन समितिका सहसंयोजक मनोरञ्जन शर्माको सञ्चालनमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष, संरक्षक, पुर्व अध्यक्ष तथा सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । जगर्श ग्रुप भैरहवामा बिहानी हिंडाइ हिँड्ने समूह हो । यो समुहको प्रत्येक सदस्यले दैनिक चियाखर्चबाट रु१० बचत गरी संस्थामा वार्षिक रुपमा बुझाउने गरेका छन र यही रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.