• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Sunday, May 11, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

राजस्व लक्ष्य पछ्याउदै भैरहवा भन्सार तथा आन्तरिक राजस्व कार्यालय

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
११ बैशाख २०८२, बिहीबार १६:०२
1 min read
7 0
7
SHARES
14
VIEWS

मनोरञ्जन शर्मा


भैरहवा– विगतका ३ वर्षमा राजस्व सङ्कलनमा विभागले निर्देशन गरे अनुसार लक्ष्य पुरा गर्न असफल भएको भैरहवा भन्सार कार्यालय तथा आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु वर्षको ९ महिनामा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसके पनि विगतका वर्षहरूमा भन्दा राजस्व सङ्कलन राम्रो रहेको छ । दुबै कार्यालयको मासिक राजस्व सङ्कलन ८० प्रतिशत भन्दा माथि रहेको छ ।

विगत केही वर्षमा वार्षिक मात्र होइन मासिक राजस्व सङ्कलन लक्ष्य समेत पुरा गर्न नसकेका कार्यालयले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा विभाग द्धारा तोकिए अनुसारको राजस्व सङ्कलन गर्न नसके पनि उल्लेखनीय रुपमा राजस्व सङ्कलन भएको कार्यालय प्रमुखहरूले बताएका छन् ।

भैरहवा भन्सार कार्यालयले अहिले मासिक लक्ष्यको ८५ दशमलब २ प्रतिशतका दरले राजस्व सङ्कलन गरिरहेको कार्यालय प्रमुख एवं मुख्य भन्सार अधिकृत राम प्रसाद रेग्मीले बताए । असोज महिनामा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सफल भयौ अन्य महिनाको राजस्व सङ्कलन पनि ८३ प्रतिशत भन्दा माथि छ र ९ महिनासम्ममा औसतमा ८५ दशमलब २ प्रतिशतले मासिक राजस्व सङ्कलन भएको छ, मुख्य भन्सार अधिकृत शर्माले भने ।

आन्तरिक नियन्त्रण प्रणालीमा सुधार, चोरी पैठारी नियन्त्रण एवं अवैध व्यापारमा निगरानी, स्वदेशमा निकासी मूलक उद्योगहरू सञ्चालन हुँदा बजार र अर्थतन्त्र चलायमान, मोटरसाईकल, कारहरूको पैठारीमा बृद्धी, चुस्त भन्सार प्रशासन लगायत कारणले भन्सार बाट हुने आयात निर्यात एवं राजस्व सङ्कलन प्रभावकारी ढङ्गले भएकोले राजस्व संकलन राम्रो हुदै गएको हो, मुख्य भन्सार अधिकृत रेग्मीले बताए । रेग्मीका अनुसार भैरहवा भन्सार कार्यालयले गत वर्षको ९ महिनाको तुलनामा १६ दशमलब १९ प्रतिशत राजस्व सङ्कलन वृद्धि भएको बताए ।

भैरहवा भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको ९ महिनाको तुलनामा चालु वर्षको ९ महिनामा आयात तथा निर्यात व्यापार दुबै वृद्धि भएको छ । चालु वर्षको ९ महिनामा १ खर्ब ९१ अर्ब ६१ करोड ९५ लाख ५८ हजार रुपैयाँ मूल्य बराबरका बिभिन्न सामान आयात भएको छ । गत वर्ष यसै अवधिमा १ खर्ब ७७ अर्ब ६४ करोड रुपैयाँ मूल्य बराबरको सामान आयात भएको थियो ।

तुलनात्मक रुपमा गत वर्षको तुलनामा यस वर्षको ९ महिनामा आयात व्यापार ७ दशमलब ८७ प्रतिशतले वृद्धि भएको हो । त्यसै गरी निर्यात व्यापार गत वर्षको तुलनामा ३९ दशमलब ५ प्रतिशतले वृद्धि भएको रेग्मीले बताए ।

गत वर्ष यही अवधिमा १० अर्ब २३ करोडको निर्यात हुँदा चालु वर्षको समीक्षा अवधिमा १४ अर्ब २२ करोड रुपैयाँ बराबरको बिभिन्न सामानहरू भारत तथा तेश्रो मुलुक निर्यात भएको छ । यस नाका हुँदै चालु वर्षको ९ महिनामा सबै प्रकारका मोटरसाइकल ११ अर्ब ७८ करोड ४८ हजार रुपैयाँ बराबरको १ लाख १ हजार २९ गोटा आयात हुँदा १२ अर्ब १६ करोड ८० लाख ६९ हजार रुपैयाँ राजस्व आएको छ । त्यसै गरी इन्धनबाट चल्ने जीपकार र भ्यानहरू २ हजार ३ सय ४८ गोटा २ अर्ब ७५ करोड ८३ लाख ३२ हजार रुपैयाँ बराबरको आयात हुँदा ७ अर्ब २७ करोड १९ लाख ६९ हजार रुपैयाँ राजस्व उठेको छ । त्यस्तै पेट्रोल, विद्युतबाट सञ्चालित जीपकार भ्यान, शुद्ध फलाम(स्पोन्ज,फ्रेस आइरन) डबल क्याब पिकअप गाडी, मोबाइल टेलिफोन, चकलेट, एम.एस विलेट, एलपिग्यास जस्ता बढी राजस्व दिने वस्तुहरूको आयात बढेको छ ।

उता निर्यात व्यापार ह्वात्तै वृद्धि भएको छ । भटमासको प्रशोधित तेल, सेन्थेटिक यार्न, सिमेन्ट खैरो, खयरकत्था, पिना, स्टिल फलामको भाँडाकुँडा, चाउचाउ, नुडल्स पास्ता, खोटो, रोजीन, सुर्यमुखिको प्रशोधित तेल, प्लाइउड जस्ता बस्तुहरू निर्यातमा सबैभन्दा अघि छन् ।

आन्तरिक राजस्व कार्यालय भैरहवाले पनि लक्ष्य अनुसार राजस्व सङ्कलन नगरे पनि विगतका वर्षहरूमा भन्दा प्रभावकारी ढङ्गले राजस्व सङ्कलन भैरहेको जनाएको छ । कार्यालय प्रमुख एवं प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्य अनुसार सङ्कलन गर्न नसकेता पनि भदौ,असोज र फागुन महिनामा राजस्व संकलनको लक्ष्य पुरा भएको छ, कार्तिक, मंसिर, पुस, माघ र चैत्रमा पनि लक्ष्य अनुसार प्रगति नभए पनि राम्रो सङ्कलन भएको छ ।

कार्यालयले चालु आर्थिक वर्षको ९ महीनामा साउन देखि चैत्र सम्म गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब ३२ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । गत वर्षको तुलनामा यो वर्षको ८ महिनामा उक्त रकम १८.३ प्रतिशतले बढी आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत पोख्रेलले भने । कार्यालयले चालु वर्षको ९ महिनामा ८ अर्व ४७ करोड ६८ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

अर्थतन्त्रका सूचकहरूमा देखिएको सुधार, आर्थिक गतिबिधीमा बृद्धी, नियमित, प्रभावकारी र क्षेत्रगत बजार अनुगमन, बक्यौता असुलीमा तिव्रता, कर परीक्षण तथा अनुसन्धानको प्रभावकारीता, परीणाममुखी करदाता शिक्षा, नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गर्नेहरू माथिको अनुसन्धान जस्ता कारणले राजस्व सङ्कलन गत वर्षको भन्दा सुधारमुखी भई बढी हुन पुगेको प्रमुख कर अधिकृत पोख्रेलले बताए । गत वर्ष समीक्षा अवधिमा ७ अर्ब १६ करोड ७९ लाख ६८ हजार सङ्कलन गरेको थियो । कार्यालयले अहिले मासिक औसतमा ९० दशमलव ६ प्रतिशतका दरले राजस्व सङ्कलन गरिरहेको छ , पोख्रेलले जनाए ।

यो कार्यालयलाई राजस्व विभागले आर्थिक वर्ष २०८१।८२को ८ ९ महिनामा कुल ९ अर्ब ३५ करोड १६ लाख ४९ हजार रुपैयाँ असुलीको लक्ष्य दिएको थियो । कार्यालयको वार्षिक राजस्व लक्ष्य भने १३ अर्ब २७ करोड हो र ९ महिनामा वार्षिक लक्ष्यको ६४ प्रतिशत राजस्व सङ्कलन भएको छ , पोखरेलले भने, अब बाकी अन्तिम त्रैमासिकमा लक्ष्य अनुसार सङ्कलन हुने अपेक्षा कार्यालयको छ, उनले भने । आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्र रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं. १,२,३,४, ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिका रहेका छन्।

(न्यूज ओके साप्ताहिकको २०८२ बैशाख११ गते बिहीबारको अंकमा प्रकाशित समाचार)

 

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?