श्रीन्यूओके रिपोेर्टर
भैरहवा– मारवाडी सेवा संघ, भैरहवाको ३० औं वार्षिक साधारण सभा तथा १८ औं अधिवेशनबाट श्रवण कुमार बेरीवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । शनिबार भैरहवा स्थित सङ्घको सभाकक्षमा सम्पन्न अधिवेशनबाट वर्तमान अध्यक्ष बेरीवाल पुनह निर्वाचित भएका हुन् ।
त्यसै गरी अधिवेशनबाट उपाध्यक्षमा अरुण कुमार अग्रवाल(कागलीवाल), महासचिव शिव रतन डागा, सचिव हरीश सेठिया, कोषाध्यक्ष सन्दिप कुमार अग्रवाल तथा सदस्यहरूमा ऋषि पन्सारी,राजिव कुमार बेरीवाल, मनिष गर्ग, अजय कुमार पारख, रवि पारख, विकास कुमार गोयनका, मनोज अग्रवाल, ऋषि कुमार मुरारका विवेक अग्रवाल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत कमल जोशीले बताए ।
अध्यक्ष बेरीवालले सामाजिक कार्यलाई निरन्तरता दिदैँ अघि बढने र बढी भन्दा बढी काम गर्ने बताए । मारवाडी सेवा संघ,भैरहवाले भैरहवा र वरपरका क्षेत्रमा शिक्षा, स्वास्थ्य, सास्कृतिक, धार्मिक, मानवीय सेवा लगायत बिभिन्न सामाजिक क्षेत्रमा कार्य गर्दै आएको अध्यक्ष बेरीवालले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.