नेपालमा प्रत्येक वर्ष मंसिर १ गतेदेखि सप्ताह भरी राष्ट्रिय कर दिवस तथा सप्ताह मनाउने गरिन्छ । प्रत्येक वर्ष कर दिवस एवम् सप्ताहमा सचेतना मूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । यस वर्ष पनि मंसिर १ बाट कर दिवस तथा सप्ताह सुरु भएको छ । यस वर्षको कर दिवसको नारा ः स्वच्छ पारदर्शी तथा प्रविधिमैत्री कर प्रशासनः विकास समृद्धि र सुशासन भन्ने नाराका सुरु भएको छ । यो वर्ष नवौं राष्ट्रिय कर दिवस हो । कर दिवस एवम् सप्ताह मनाउनुको मुख्य उद्धेश्य कर तथा कर प्रशासनसँग सम्बन्धित तथ्य, तथ्याङ्क, सूचना, सन्देश एवम् जानकारीहरुको माध्यमबाट करदाताहरुमा कर सचेतना र जागरण अभिवृद्धि गर्ने हो र सप्ताह भरी विभिन्न माध्यमबाट करदाता शिक्षा सचेतना तथा अन्तरक्रियाहरुको आयोजना गर्ने गरिन्छ ।
राज्य सञ्चालनमा करको महत्व र अपरिहार्यतालाई बोध गराई स्वेच्छिक तथा स्वतस्फुर्त कर सहभागिता बढाउने र कर प्रणालिलाई करदातामैत्री बनाउने उद्धेश्यका विभिन्न चेतनामूलक कार्यक्रमहरु आयोजना तथा सञ्चालन गरिने गरिएकोले यस वर्षको कर दिवसको अवसरमा कोरोना भाइरसको संक्रमण र जोखिमलाई मध्यनजर गर्दै विभिन्न कार्यक्रम हुँदैछ । आन्तरिक राजस्व कार्यालय भैरहवाले पनि स्थानीय सञ्चार माध्यमहरुमा अन्तरसंम्बाद तथा स्थानिय बजारहरुमा कर सम्बन्धित सन्देश मूलक सूचनाहरुको प्रचार–प्रसार गर्ने गरी कार्यक्रमहरु आयोजना गरिरहेको छ ।
प्रगतिशील करको माध्यमबाट सामाजिक न्याय स्थापना तथा कर राजस्वबाट लोक कल्याणकारी राज्य व्यवस्थामा योगदान पुर्याउनको लागि देशको अर्थतन्त्रको प्रमुख र एकमात्र भरपर्दो आर्थिक श्रोत राजस्व भएकोले आम करदाताहरुमा यसको बोधगम्यता अपरिहार्य महसुस गरिन्छ ।
नेपालमा व्यवस्थित रुपमा कर प्रणालीको स्थापना गरिएको छ दशक भन्दा बढी समय भइसकेको छ । यस अवधिमा कर प्रणालीलाई समयानुकुल र न्यायपूर्ण बनाउनको लागि विभिनन सुधारका प्रयासहरु भएका छन् । जसले गर्दा करदाताहरुलाई राज्यप्रति कर्तव्य वोध हुन गई कर सहभागिता उल्लेख्य मात्रामा सुधार हुँदै गएको छ ।
परिवर्तित प्रणालीमा करदाताहरुलाई अनुकुलित बनाउन पनि करदाता शिक्षा एउटा माध्यम बनेको छ । जस्तै विभिन्न कर कानुनहरुको प्रकाशन कर व्यवस्था तथा सुविधाहरु सम्बन्धी तथ्याङ्कीय जानकारी सूचना तथा सन्देशहरुको सप्रेषणबाट कर प्रशासन र करदाता बीचको भौतिक दुरीलाई मौन राख्दै भर्चुअल सम्बन्धमा माध्यमबाट आगाडी बढाउन सहयोग गरेको छ करदता शिक्षाले ।
आर्थिक क्रियाकलापहरुमा संलग्न हुने जोसुकै व्यक्तिहरुले अनिवार्य रुपमा स्थायि लेखा नं. लिनुपर्ने नितिगत व्यवस्थाका कारण आ.व. २०७६ ।२०७७मा मा करदाताको संख्यामा उल्लेख्य वृद्धि हुनुलाई पनि कर शिक्षाकै एउटा उदाहरणको रुपमा लिन सकिन्छ ।
करदता शिक्षाको महत्वः
- करदाताहरुमा करको महत्व बोध गराउने ।
- राज्यव्यवस्थाको एकमात्र महत्वपूर्ण र भरपर्दो आर्थिक स्रोत कर राजस्व संकलनलाई प्रभावकारी बनाउन ।
- नागरिकहरुलाई आफ्नो योगदानको मूल्याङ्कन गर्ने अवसर प्राप्त हुने
- करदाताहरुको संख्यात्मक सहभागिता वृद्धिमा सहयोग पु¥याउँछ ।
- समृद्ध नेपाल र सुखि नेपालिको राष्ट्रिय लक्ष्य हासिल गर्ने मद्दत पुग्ने ।
नवौं राष्ट्रिय कर दिवस २०७७ सन्दर्भ र आन्तरिक राजस्व कार्यालय भैरहवाः
‘‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः विकास समृद्धि र सुशासन’’ भन्ने नाराका साथ मनाउन लागिएको नवौं राष्ट्रिय कर दिवस २०७७ तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय भैरहवालेले पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना सक्रमणको जोखिमलाई मध्यनगर राख्दै तथा पृथक र परिस्थिति अनुकुल हुनेगरी मनाउन सुरु गरेको छ । विगतका वर्षहरुमा मनाउँदै आइरहेका सप्ताहव्यापी कार्यक्रमहरुलाई यसवर्षहरुमा केवल स्मरण गर्दै भिडभाड रहित सामान्य कार्याक्रमहरुको आयोजना गरिएको छ ।
नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालयबाट विभिन्न कार्यक्रमहरु आयोजना हुँदैछ ।
कोरोना कहरबीचको असमान्य परिस्थितिमा सामान्य कार्यक्रमहरुको आयोजना गरेर औपचारिक रुपका यस आन्तरिक राजस्व कार्यालयले नवौं राष्ट्रिय कर दिवस २०७७ तथा कर सप्ताह कार्यक्रम सञ्चालन गर्न खोजेको छ । जस अनुसार पहिलो दिन मंसिर १ गते कार्यालय परिसरमा दिप प्रज्वलन तथा व्यानर टाँस गर्ने, २ गते कर चेतनामूलक अडियो प्रचास प्रसार गर्ने , ३ गते कर शिक्षा सम्बन्धि स्थानीय एफ.एम.मा अन्तर सम्बाद , ४ गते स्थानीय सञ्चार माध्यममा अन्तरसंबाद तथा करदाता सेवा कार्यालय परासी अन्तर्गत करदाता शिक्षा कार्यक्रमको सञ्चालन, ५ गते आराका भैरहवा कार्यालयको परिसरभित्र पुष्परोपण, ६ गते कार्यलयको कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता र ७ गते रक्तदान कार्यक्रम साथै समापनमा प्रमाण–पत्र तथा उत्कृष्ट करदाता तथा उत्कृष्ट कर्मचारी सम्मान गर्ने रहेको छ ।
आन्तरिक राजस्व कार्यालय भैरहवाकोे कार्यक्षेत्रः
आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्र रुपन्देही जिल्लाको साथै पश्चिम नवलपरासीको बिभिन्न स्थानिय तह रहेका छन् ।
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको बडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं १ देखि ४ र वडा नं ११ र १२ साथै लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाँउपालिका, मायादेवी गाउँपालिका, कञ्चन गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउपालिका, ओमसतिया गाउँपालिका, रोहिणि गाउँपालिका, सम्मरीमाई गाउपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिका तथा पश्चिम नवलपरासी जिल्लाको रामग्राम न.पा., सुस्ता गा.पा., पाल्हीनन्दन, प्रतापपुर र सरावल गाउँपालिका रहेको छ ।
यस कार्यालयको कार्यक्षेत्र अन्तर्गत जम्मा ९५ हजार ४ सय ४९ करदाताहरु रहेका छन । जसमध्ये
- आयकरमा ३९१२८
- मूल्य अभिवृद्धिकरमा ६१८६
- अन्तशुल्कमा ३८६०
- व्यक्तिगत स्थायी लेखा नं. ४५९४२ र
- डब्लु पानमा २३ रहेका छन् ।
आन्तरिक राजस्व कार्यालय भैरहवाबाट कर संकलनमा योगदानः
कुल करदाता सख्या ९५४४९ रहेको यस कार्यालयको लागि आर्थिक वर्ष २०७६ ।२०७७को लागि ११०३ करोडको राजस्व संकलनको लक्ष्य प्राप्त भएकोमा ८५८ करोडको राजस्व सङ्कलन भएको थियो क्षेत्रगत हिसाबमा भने
- आय कर–१२६ करोड
- मूल्य अभिवृद्धि कर–१४१ करोड
- अन्तःशुल्क–५८८ करोड
यसैगरी आर्थिक वर्ष २०७७ ।०७८ को लागि आन्तरिक राजस्व कार्यालयलाई रु.९८० करोडको राजस्व सङ्कलन वार्षिक लक्ष्य रहेको तथा २०७७ कार्तिक सम्म २८० करोडको सङ्कलन लक्ष्य रहेकोमा ३०७ करोड सङ्कलन गरी लक्ष्यको १०९ प्रतिशत लक्ष्य हासिल गरेको छ । चालु आर्थिक वर्ष २०७७ ।२०७८ को लक्ष्य हासिल गर्ने तर्फ यहाँहरुको सहयोग र सहभागिता अपेक्षा रहेको छ । जसको श्रेय यस कार्यालय अन्तर्गतका करदाता महानुभावहरुलाई दिन चाहान्छांै कि कोरोना कहरबिचमा पनि यहाँहरुले राजस्व सङ्कलनमा देखाउनुभएको उत्साहपूर्ण सहभागिताको उच्च मुल्याङ्कन गर्दै यस कार्यलय अन्तर्गत आर्थिक वर्ष २०७५ ।२०७६ मा सबैभन्दा बढी आय कर दाखिला गर्ने करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
निष्कर्ष
कर राजस्व राज्य संयन्त्र सञ्चालन तथा बजेट व्यवस्थापनको प्रमुख र एकमात्र भरपर्दो आर्थिक स्रोत हो । सार्वजनिक खर्चको बढ्दो आवश्यकता, पुँजी बजारको विस्तार दीगो आर्थिक पूर्वाधार विकासको माध्यमबाट स्वतन्त्र, आत्मनिर्भर र समृद्ध अर्थतन्त्र निर्माणमा यसले अहम भुमिला खेल्ने हुदाँ साना तथा ठूला करदाताहरुमा कर जागरण अभिवृद्धि गर्नको लागि राष्ट्रिय कर दिवसको सन्दर्भ सार्थक रहेको छ ।
(पोखरेल आन्तरिक राजश्व कार्यालय भैरहवाकी कर अधिकृत हुन् )
Get real time update about this post categories directly on your device, subscribe now.