- भैरहवा
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपि शर्मा ओलिको सिफारीसमा राष्ट्रपति बिद्या देवि भण्डारीले प्रतिनिधि सभा बिघटन गरी निर्बाचनको तिथी तोकेको भन्दै आज प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशभर बिरोध प्रदर्शन गरेको छ । कांग्रेसले देशभरको निर्बाचन क्षेत्रमा आज बिरोध प्रदर्शन गरेको हो ।
रुपन्देहीका पनि ५ वटै निर्बाचन क्षेत्रमा बिरोध प्रदर्शन भएको कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खाँडले बताए ।
क्षेत्र नम्बर १ को धकधहीमा, २ को बुटवलमा, ३ को भैरहवामा, ४ को मझगावामा र क्षेत्र नम्बर ५ को सैनामैना(सालझण्डी)मा बिरोध प्रदर्शन एवं सभा सुरु भएको छ ।
क्षेत्र नम्बर ३ को भैरहवामा बिरोध प्रदर्शन सुरु भएको छ । बुद्धचोकबाट बिरोध रयाली निकालिएको थियो । र्यालीले बर्मेलीटोल, नारायणस्थान, प्रहरी टोल, मिलनचोक हुदै मैत्रीपथ पवन मिष्ठान अघि पुगेर बिरोध सभामा परिणत भएको छ । बिरोध सभामा केन्द्रिय सदस्य बालकृष्ण खाँड लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सचिब शुशिल गुरुंगले बताए ।
ओलि सरकारले गरेको कदम असम्बैधानिक र जनबिरोधी भएको भन्दै नेकपाको अर्को गुट प्रचण्ड नेपाल पक्ष साथै जनता समाजबादी पार्टी पनि आन्दोलनमा छन् । जसपाले पनि एक हप्ता अघि भैरहवामा बिरोध प्रदर्शन गरी प्रतिनिधी सभा पुनस्थापनाको माग गरेको थियो भने प्रचण्ड नेपाल पक्षधर कार्यकर्ता भेला आईतबार ड्राईभर टोल स्थित होटल टुलिपमा भएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.