- भैरहवा
जनता समाजवादी पार्टी का अध्यक्ष तथा पुर्ब मन्त्री महन्थ ठाकुरले बर्तमान बिरोध तथा घटनाहरु आफुहरुको असहमति रहेको बर्तमान त्रुटिपूर्ण सम्बिधान कै कारणले भएको बताएका छ्न। भैरहवामा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुर ले सम्बिधान अपुर्ण भएकै कारण यो अवस्था आयेको भन्दै आफुहरुको माग सम्बिधान सम्सोधन रहेको बताए। सम्बिधान पुर्ण भएको भए बर्तमान अवस्था आउने थिएन ठाकुर ले भने । सम्बिधान अपुर्ण हुदा सम्म यस्तो कृयाकलाप हुन्छ। अहिलेको ओलि सरकारको नेतृत्व कर्ता हरु संघीयता बिरोधी ह, ठाकुर ले भने ।
अध्यक्ष ठाकुरले असम्बैधानिक तथा अलोकतान्त्रिक कदमको बिरोधि रहेको र सांसद पुनस्थापना सम्बन्धमा सम्मानित अदालतमा मुद्दा बिचाराधिन रहेकोले न्यायालयको निस्पक्ष्यता तथा न्याय निरुपणमा पुर्ण बिस्वास गर्दै जसपा पर्ख र हेर को अवस्थामा रहेको बताए ।
पार्टिका नेता एव पुर्ब मन्त्री सर्बेन्द्र नाथ शुक्लाले निर्वाचन भएमा आफुहरु नभाग्ने तर अहिले प्रधानमन्त्रीको कार्यको बिरोध कार्यक्रम देश भरी गर्ने बताए।पत्रकार सम्मेल्लन पार्टीको केन्द्रिय सदस्य देवेन्द्र पाण्डे सागरको अध्यक्षता र टोपराज शर्माको सन्चालन मा भएको थियो।
Get real time update about this post categories directly on your device, subscribe now.