कोकिला भण्डारी- धनकुटा, कोरोना प्रभावित धनकुटा शहिदभूमीका किसानलाई १ करोड बराबरको राहत वितरण शूरु गरिएकाे छ । धनकुटा स्थित शहिदभूमि गाँउपालिकाका कोरोना प्रभावित कृषकहरुलाई प्रोत्साहान स्वरुप एक करोड बराबरको राहत वितरण कार्यक्रम शूरु भएको हाे ।
स्विस बैंकको आर्थिक सहयोग तथा कारितास नेपाल र पर्डेप नेपाल धनकुटाको जीविकोपार्जन सुधार कार्यक्रम अन्तरगत गाँउपालिकाको १ हजार ८१४ घर धुरी कृषकलाई एक करोड बराबरको कृषीजन्य वीउविजन सामाग्री वितरण गर्न लागिको पर्डेप नेपालले जनाएकाे छ । उहाँका अनुसार प्रति किसान ५ हजार ५ सय बराबरको कृषी राहतकाे प्याकेज रहेकाे छ । शहिदभूमि गाँउपालिकामा गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा बसेको बैठकले जिविकोपार्जन सुधार कार्यक्रमलाई कसरी व्यवस्थित रुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल गरिएको गाउँपालिकाका उपाध्यक्ष रत्नेश्वरि राईले जानकारी दिनुभयाे ।पर्डेप नेपाल धनकुटाका कार्यक्रम संयोजक मिन प्रसाद सुवेदीले शहजिकरण गरेकाे बैठकमा बाेल्नुहुदै कारितास नेपालका कार्यक्रम संयोजक इन्द्र विकले कृषकहरुलाई टमाटर , काउली, बन्द ,सिमि, प्याज, रायोे साग लगायततरकारी वालीको वीउ र मल वितरण गर्ने बताउनु भयाे ।
हातधुने कार्यक्रम अन्तर्गत १ लाख ५० हजार बराबरको ट्यङ्कि वितरण गरिने कार्यक्रम अनुसार वडा तथा विध्यालयमा एक हजार लिटरकाे ट्यांङ्की वितरण गर्ने निर्णय समेत भईसकेकाे गाउँपालिका अध्यक्ष मनाेज राईले बैठककाे क्रममा जानकारी दिनुभयाे । उहाँका अनुसार कृषि प्रशिक्षण, कृषि मेसिनहरु हजारी स्प्रे लागायतको समाग्री पनि राहत प्याकेजमा रहेको छ । उक्त प्याकेजका कृषि सामाग्रि खरिदकालागि टेन्डर समेत भईसकेकाे छ । कृषकलाई वीउविजन वितरण कार्य दशै अगाडि सम्पन्न गर्ने योजना रहेको गरिवि निवारण परीयोजना करितास नेपालले जनाएको छ ।
साेहि अवसरमा बाेल्नु हुँदै गाउँपालिका अध्यक्ष राइले राज्यले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा लाई सार्थकता प्रदान गर्न गाँउगाँउ र टोलटोलमा गरिब कृषकहरुलाई राहत वितरण गरिने कार्यक्रम गाँउपालिकाको निति तथा कार्यक्रममा समावेश गरिएको बताउनुदै सरकारी गैहसरकारी राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्था सँग समन्वय गर्दै कृषी क्षेत्रमा आमुल परिवर्तनका लागि सहयोग गर्दै जाने प्रतिबद्दता जनाउनु भयाे ।कारितास नेपाल र पर्डेप नेपाल संग समन्वय गरी १८ सय १४ घरधुरी कृषकलाई राहत वितरण गर्न लागेको समेत उहाँले स्पष्ट पार्नुभयो ।
वीउविजन वितरण प्याकेज कार्यक्रमले यस गाउँपालिकामा अहिले वार्षीक ५ हजार मेट्रिकटन टमाटार उत्पादन हुँदा वार्षीक २० करोड भित्रि रहेको र यो कृषि प्याकेज अनुदान कार्यक्रमले थप बढि कृषकले आम्दानि लिन सफल हुने उहाँले बताउनु भयो ।बैठकमा शहिदभूमि गाँउपालिका प्रशासकीय प्रमुख राजकुमार शाक्य , वडा अध्यक्षहरु ५ नं वडाका माल्सु राम राई , वडा नं २ का रत्न बहादुर राई , कारितास नेपालका कार्यक्रम संयोजक इन्द्र विक, पर्डेप नेपाल धनकुटाका अध्यक्ष नरेन्द्र पोख्रेल, पर्डेप नेपाल धनकुटाका कृषी विशेषज्ञ सूर्यप्रसाद सापकाेटा गाँउपालिकाको कृषी प्राविधिक साखा खिर प्रसाद राई लगायतको उपस्थिती रहेकाे थियाे ।
Get real time update about this post categories directly on your device, subscribe now.