काठमाडौं, आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ५ सय र चाँदी १० रुपैयाँले घटेको हो । सोमबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ५ सयले घटेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.